त्रिवेणी । विहिवार विहान ५ बजेकाे समयमा नारायणी नदीमा ४ लाख ४० हजार ७५० क्युसेक पानी रेकर्ड गरिएकाे छ । विहान ७ बजेसम्म पनि पानीकाे बहाव स्थिर बनेकाे जलमापन केन्द्र वाल्मिकिनगरले जनाएकाे छ । यसरी नारायणी नदीमा आएकाे बाढीले गतवर्षकाे आफ्नाे रेकर्ड ताेडेकाे छ ।
गतवर्ष नारायणी नदीमा सबभन्दा बढी ४ लाख १२ हजार क्युसेक पानी रेकर्ड गरिएकाे थियाे भने विहिवार विहान ७ बजे ४ लाख ४० हजार ७५० क्यसेक पानी रेकर्ड गरिएकाे छ ।
हिजाे बुधवार राती ९ बजेकाे समयमा ३ लाख ८४ हजार २०० क्युसेक पानीकाे बहाव रहेकाे थियाे ।
देवघाटमा देखिएकाे पानीकाे बहावकाे आधारमा पानी अझै बढ्न सक्ने अनुमान गरिएकाे छ । सन् २००२ मा ४ लाख २९ हजार क्युसेक पानी बग्दा त्रिवेणीमा नारायणीले तटबन्ध बगाएकाे थियाे ।





