त्रिवेणी । नारायणी नदीमा आएकाे बाढीकाे पानी लगातार बढने क्रम जारी छ । पानी बढ्ने कारणले तटीय क्षेत्रका बासीन्दामा त्रास फैलिएकाे छ ।
विहिवार विहान १० बजेकाे समयमा नारायणी नदीमा ४ लाख ४५ हजार क्युसेक पानी रेकर्ड गरिएकाे छ । हिजाे बुधवार राती ९ बजेकाे समयमा ३ लाख ८४ हजार २०० क्युसेक पानीकाे बहाव रहेकाे थियाे । यसरी नारायणी नदीमा आएकाे बाढीले गतवर्षकाे आफ्नाे रेकर्ड ताेडेकाे छ ।
गतवर्ष नारायणी नदीमा सबभन्दा बढी ४ लाख १२ हजार क्युसेक पानी रेकर्ड गरिएकाे थियाे भने विहिवार विहान ७ बजे ४ लाख ४५ हजार क्यसेक पानी रेकर्ड गरिएकाे छ । सन् २००२ मा आएकाे बाढीमा मात्र ४ लाख २९ हजार क्युसेक पानीका कारण नारायणीले त्रिवेणीमा तटबन्ध भत्काएकाले यसरि पानी बढिरहदा तटिय क्षेत्रका वासिन्दामा त्रास उत्पन्न भएकाे छ ।





