भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि भएको मतदान सम्पन्न भएको छ।
सभापति रवि लामिछानेले मतदान गरेसँगै पहिलो चरणको मतदान प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ। विद्युतीय माध्यमबाट गरिएको मतदान गएराति १२ बजेदेखि सुरु भई आज दिउँसो १२ः३० बजे सम्पन्न भएको हो।

निर्वाचनमा केन्द्रीय सदस्य पदका लागि ३७९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन्। मतदान सम्पन्न भएसँगै मतगणनाको प्रक्रिया सुरु गरिएको र आगामी दुई घण्टाभित्र नतिजा सार्वजनिक गरिने निर्वाचन समितिले जानकारी दिएको छ।
रास्वपाको महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भइरहेको निर्वाचनलाई पार्टीभित्र चासोका साथ हेरिएको छ।
















