त्रिवेणी । नारायणी नदीमा बढेकाे पानीकाे बहावले गतवर्षकाे आफ्नाे रेकर्ड ताेडेकाे छ । नारायणी नदीमा गतवर्ष सबभन्दा बढी ४ लाख १२ हजार क्यसेक पानी रेकर्ड गरिएकाे थियाे भने विहिवार विहान ५ बजे ४ लाख ४० हजार ७५० क्यसेक पानी रेकर्ड गरिएकाे छ ।
हिजाे बुधवार राती ९ बजेकाे समयमा ३ लाख ८४ हजार २०० क्युसेक पानीकाे बहाव रहेकाे जलमापन केन्द्र वाल्मिकिनगरले जनाएकाे थियाे । पानीकाे बहाव बढदै गर्दा गतवर्षकाे रेकड नाघ्ने अनुमान हिजाे गरिएकाे थियाे ।
देवघाटमा देखिएकाे पानीकाे बहावकाे आधारमा पानी अझै बढ्न सक्ने अनुमान गरिएकाे छ । सन् २००२ मा ४ लाख २९ हजार क्युसेक पानी बग्दा त्रिवेणीमा नारायणीले तटबन्ध बगाएकाे थियाे ।






