
सामाजिक मान्यता, किंवदंति, इतिहास, धार्मिक शास्त्र र प्रचलन व्यवस्था अनुसार दिपावली एउटा उत्सव हो ।
दिपावली उत्सवले सनातन हिन्दु धर्म, जैन धर्म, बुद्ध धर्म, सिख धर्म, किराँत धर्म लगायत धर्महरुको धार्मिक एवं सामाजिकताको आधारमा यसलाई खुशी, उज्यालो, मातृशक्ति, बुद्धिको माध्यमबाट आर्थिक रुपमा समृद्ध आदीलाई प्रतिनिधित्व गर्छ । यो पूर्णरुपमा शाकाहारी उत्सव हो । यसले सुकर्म, सुबुद्धि, सुविचार, सुसंस्कार, सकारात्मक सोच, सदभाव, सामाजिकताको सृजना गर्दछ । प्रकृति, सामाजिक रहनसहन, रीति र थितीको आधारमा भूगोल अनुसार प्राप्त उपलब्ध सामग्रीको आधारमा मनाउने प्रचलन दिनप्रतिदिन बृद्धि भईरहेको छ । नेपाल र भारतमा दिपावली उत्सव पर्वको रुपमा रुपान्तरण भएको र दशैं पछिको दोस्रो ठुलो राष्ट्रिय चाडपर्वको रुपमा मनाउने गरिन्छ र यस उत्सवलाई सरकारले समेत मान्यता दिएको छ । यसलाई दिपोत्सव पनि भन्ने गरिन्छ ।
दिपावली शब्दको उत्पति :
दिपावली = दिप + आवली (दिपावली दुइवटा स्वतन्त्र शब्दहरुको समिश्रणबाट बनेको एउटा शब्द हो । दिप ले दिया र आवली ले श्रृखला/लाईन/क्रमबद्ध, पंक्ति, लहर लाई जनाउँछ । अर्थात दिपावलीको उत्सव मनाउने दिन घर, मठ, मन्दिर, दरवार लगायत अन्य सामाजिक संरचनाहरुमा क्रमबद्ध वा लाइनमा दिया राखेर खुशी पूर्वक हर्सोउल्लासका साथ दिप प्रज्वलन गर्नेलाई जनाउँदछ । त्यसैले, दिपावलीलाई दीपमाला वा दीपमालिका पनि भन्ने गरिन्छ ।
दिपावलीको अर्थ : नेपाली बृहत् शब्दकोश (प्रकाशक नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठान निर्देशक प्रा.वालकृष्ण पोखरेल पेज नं. ६१४ र ६१५) को अनुसार :
दीप : (१) घिउ, तिलको तेल आदीमा भिजाई बालिने पिउरीबाट कातेर बनाइएको विभिन्न देवता अनुसार प्रयोग हुने तीनसुते, पाँचसुते, आठसुते, नौसुते, आदी धागोको त्यान्द्रो, (२) बती (३) दियो, दिपक, आदी
दिपावली : (१) बत्तीहरुको पंक्ति, दिपमाला,, दिवाली (२) कार्तिक कृष्णपक्षको औसीको दिन लक्ष्मीको आराधनाका निमित घर घरमा बती बालेर मनाइने उत्सव, लक्ष्मीपुजाको दिनको उत्सव (३) तिहार (४) खुशियालीका बेलामा धेरै बती बालेर मनाइने पर्व उत्सव दिपोत्सव : बत्ती बालेर मनाइने पर्व वा उत्सव वा दीपावली ।
नेपाली शब्दभण्डार (प्रकाशक श्याम पुस्तक भण्डार सम्पादक डा.नरेन्द्र चापागाई, पेज नं.५६८ र ५६९)को अनुसार :
दीपावली : दीपहरुको समूह, दीपहरुको पंक्ति, बत्तीको लहर, प्रकाशपुञ्ज
दीपमाला : बत्तीको पंक्ति,वा लहर वा दीपावली
दियो : तेल तथा घिउको बर्तमानमा बालिने बत्ती, त्यसरी बत्ती बालिने बालिने ताँबो, माटोको सानो भाँडो ।
दीपोत्सव : चारैतिर बत्तीहरु बालेर गरिने उत्सव, दीपावली । मगही हिन्दी शब्दकोश (प्रकाशक हरिभवन प्रकाशन, सम्पादक भूवनेश्वर प्रसाद सिंह पेज नं. ४०६) को अनुसार :
दिपकाल : (दिप + काल) साँझका समय, संझौतीका समय, दिया जलाने की बेला ।
दिपदिपावल : शोभा देना, चमकना, प्रकाश देना, चमकने वाला ।
दिपदिपावली : चमकना, प्रकाशित करना ।
दियावाती : दिपावली ।
दीप : (१) घिउ, तिलको तेल आदीमा भिजाई बालिने पिउरीबाट कातेर बनाइएको विभिन्न देवता अनुसार प्रयोग हुने तीनसुते, पाँचसुते, आठसुते, नौसुते, आदी धागोको त्यान्द्रो, (२) बती (३) दियो, दिपक, आदी
दिपावली : (१) बत्तीहरुको पंक्ति, दिपमाला, दिवाली (२) कार्तिक कृष्णपक्षको औसीको दिन लक्ष्मीको आराधनाका निमित घर घरमा बती बालेर मनाइने उत्सव, लक्ष्मीपुजाको दिनको उत्सव (३) तिहार (४) खुशियालीका बेलामा धेरै बती बालेर मनाइने पर्व उत्सव

दिपावली मनाउने तिथि र समय :
बिक्रम संवत् कार्तिक मास अमावस्याको तिथिमा र उत्तरी गोलार्धको ग्रीष्म ऋतुको समापनमा र शरद ऋतको आगमनमा प्रतिवर्ष मनाउने एक पौराणिक एवं ऐतिहासिक उत्सव हो । आध्यात्मिक, भौतिक, सामाजिक, राजनीतिक, आर्थिक एवं वैज्ञानिक महत्व बोकेको उत्सव हो । त्यैसैले, दिपावली पूर्ण समाजको समृद्धिको बाटो तय गर्ने विज्ञानप्रद उत्सव हो ।
दिपावली मनाउने कारणहरु : हाम्रो समाजमा अनुशासन, कर्म, विचारधारा, दृष्टिकोण, सदभाव, प्रेम र समाजमा सामाजिक न्याय स्थापित गर्न खेलेको भूमिकालाई स्मरण गर्न मनाउने गरिन्छ ।
१) त्रेतायूगमा सूर्यवंशी रघुकुल शिरोमणी भगवान राम १४ वर्षको वनवास पछि अयोध्या फर्के पछि दशरथ पुत्र राम,
लक्ष्मण र मातृशक्तिको जननी माता सीताको स्वागतमा हर्सोउल्लासका साथ अयोध्यावासीहरुले घर घरमा दिप बालेर
उत्सव मनाएका थिए । त्यसवेला देखि प्रतिवर्ष सोही दिन घरघरमा दिपोत्सव मनाउन थालेको र कालान्तरमा पर्वको
रुपमा मान्यता प्राप्त गरेको देखिन्छ । वनवासको क्रममा राम र लक्ष्मणले अनेको दुष्ट राक्षसहरुले बध गर्दे त्रिलोक
विजयता राक्षस राज रावण समेतलाई बध गरी सुन्दर शान्त न्यायमूलक समाज स्थापित गरेको हुनाले असत्य माथि
सत्यको जीत पनि भन्ने गरिन्छ ।
२) हिन्दुधर्ममा धनकी देवी माता लक्ष्मी र बुद्धि ज्ञानको शिरोमणी भगवान गणेशलाई लिइन्छ । मानव जीवनमा ज्ञानीले
मात्रै धनलाई सुरक्षित राख्न सक्छ । त्यसैले ज्ञान र धन दीर्धकालिन सुखमय जीवन निर्वाहको साधन प्राप्त गर्न उदेश्यले
माता लक्ष्मी र भगवान गणेशलाई पुजा अर्जना गर्ने चलन छ ।
३) द्धापर यूगमा ५ पाण्डवहरु द्रोपती र आमा सहित १२ वर्षको वनवास र १ वर्ष अज्ञातवासको कठिन संर्धष पश्चात
आफनो राज्य हस्तिनापुर फर्केपछि नगरवासीहरुले धर्मराज युधिष्ठर लगायत सबैको सम्मानमा घिउको दिप बालेर
उत्सव मनाएको भनाई पनि छ ।
४) भगवान इन्द्रले मथुरामा रिसाएर अविरल वर्षा गर्न थालेपछि मथुराबासीलाई रक्षा गर्न एउटै अँगुलामा पहाडलाई
उठाई मथुरावासीलाई वर्षाबाट रक्षा गरेको र सोही दिन देखी गोवर्धन पुजाको आरम्भ भएको बताईन्छ । गोकुलधाम नगरवासीलाई भगवान इन्द्रको क्रोधबाट रक्षा गरेकोले कृष्णको स्वागत सम्मानमा
दिपोत्सव गरेको बताईन्छ ।
५) भगवान कृष्णले दुष्ट राक्षस नरकासुरलाई बध गरी समाजमा समाजिक न्याय स्थापित गरेकोले जनताहरु
हर्सोउल्लासको साथ नगरीभरी दिपोत्सव गरेकोले कलान्तरमा दिपावली भनिएको हो ।
६) एक किंवदन्ती अनुसार भगवान विष्णुले नरसिंहको रुप धारण गरी हिरण्यकशिपुलाई मारेको र त्यही दिन समुन्द्रको
मंथरबाट लक्ष्मी र धन्नवन्तरी प्रकट भएका थिए । उक्त दिन माता लक्ष्मीको जन्म दिनको उपलक्ष्यमा शुभ दिपोत्सव
गर्ने चलन भएको हो ।
७) तराईको केही जातिहरुले लक्ष्मी पुजा नगरी काली पुजा गर्दछ । त्यसैले यस दिपोत्सवलाई ती जातिहरुले काली
पुजा भन्दछ ।
८) जैन शास्त्रको अनुसार जैन समाजले चौबीसौं तीर्थकर, महावीर स्वामीले कार्तिक अमवस्याको दिन नै मोक्ष प्राप्त
गरेकाले उक्त दिन निवारण दिवसको रुपमा मनाउने गरिन्छ । उनको प्रथम शिष्य गौतम गणधरले केवल ज्ञान प्राप्त
गरेका थिए । त्यसैले, अन्य सम्प्रदायको दिपावली र जैन समाजको दिपावलीमा भिन्नता छ ।
९) सिख सम्प्रदायले पनि कार्तिक अमवस्या कै दिन अमृतसरमा सन् १५७७ मा स्वर्ण मन्दिरको शिलान्यास गरिएको
थियो । साथै, सन् १६१९ मा कार्तिक अमवस्या कै दिन मुगल सम्राटको बन्दीबाट ५२ वटा हिन्दु राजाहरु लगायत
सिखको छठौं गुरु हरगोविन्द सिंह जीको जेलबाट मुक्त गराउनमा विशेष योगदान गर्ने गुरु हरगोविन्द सिंह जी लगायत
सबै राजाहरुको स्वागत सम्मानमा घरघरमा दिपोत्सव गरेको थियो । त्यसैले, यस दिनलाई सिख सम्प्रदायले अज्ञान
माथि ज्ञानको जीतको उपलक्ष्यमा बंदी छोड दिवस वा कैदी रिहाई दिवस (दिपावली) मनाउने गर्दछ । यस दिनलाई
अधिकार प्राप्त दिनको रुपमा सिख सम्प्रदायले मान्दछ ।
१०) नव वर्ष : नेपालमा नेवारी जातिहरुको नयाँ वर्षको प्रारम्भ हुन्छ । जसलाई नेपाल संवत भन्दछ । नेवारी जातिहरुले
आफनो नयाँ वर्षको उपलक्ष्यमा घरघरमा दिपोत्सव गर्दछ ।
११) आर्य समाजको दिपावली : आर्य समाजको जनक एव. जननायक दयानंद सरस्वतीले अवसान भएको दिन हो ।
उक्त दिन आर्य समाजले वहाँको यादमा र वहाँले प्रतिपादन गरेको ज्ञान प्रचारप्रसार गर्ने उदेश्यले घरघरमा दिपोत्सव
गर्ने गरिन्छ ।
१२) कलिंग यूद्ध जितेर आफनो राज्य फर्किेने क्रममा युद्धमा लडेर घाइते भएका योद्धाहरुको चितकार, दुखको पुकार
सुनेर सूर्यवंशी महान सम्राट अशोकको मन मस्तिकमा दया करुणाको उत्पन्न भएपश्चात सम्राट अशोकले आफनो
विचार दृष्किोण परिवर्तन गर्दे बुद्ध दर्शनलाई सहृदय अपनाएको देखिन्छ । घाइते भएका सबैको उपचार र मृत्तकको
दाहसंस्कार विधिपूर्वक गरी गराई आम जनताप्रति देखाएको दया र करुणा भावको कारण नगरवासीले कार्तिक
अमवस्याको दिन सम्राट अशोकको सम्मानमा घरघरमा दिपोत्सव गरि राजा अशोकप्रति गहिरो सम्मान व्यक्त गरेको
इतिहास छ । कालान्तरमा यही दिपोत्सवलाई दिपावलीको रुपमा परिणत गरेको इतिहास छ ।
१३) सूर्यवंशी सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको १ वर्ष पश्चात एकपटक पुन: आफनो राज्य कपिलबस्तुमा आउने
विचार गरेछ उक्त कुरा कपिलबस्तुको सबै प्रजाले थाहा पाएछ । संयोगले उक्त दिन कार्तिक अमवस्या नै परेछ । बुद्ध
जन्मेको नगरवासीले भगवान बुद्धलाई स्वागत सम्मानमा घर घरमा दिप वालेर खुशीको उत्सव मनाएको इतिहास छ
। त्यस अवसरलाई बुद्ध धर्ममा दिपोत्सव वा दिपावली मनाउन थालेको इतिहास छ ।
१४) नेपालमा दिपावलीलाई तिहारको रुपमा मनाउने गरिन्छ । नेपाल सांस्कृतिक देश हो । तिहार वैज्ञानिक महत्व
बोकेको प्रकृतिमैत्री पर्व हो । प्रकृतिमा रहेको हरेक जीव वातावरण सन्तुलनको लागि आवश्यक पर्दछ ।
१५)ं कार्तिक मासको आमवस्या पश्चात किसानहरुले खेतमा उब्जाएको अनाजहरु घर भित्रयाउन थाल्छ । यसको
सुखद शुभ उपलक्ष्यमा दिपोत्सव गर्ने चलन रहेको किसानहरुको भनाई छ । घिउ, अण्डी, तोरीको तेलबाट दिपको
प्रकाशले वातावरणमा फैलिएको अनेकौं प्रकारको किटाणुको पनि नास गर्दै वातावरण शुद्ध राख्न मदत गर्छ । तोरी,
अण्डीको तेल वा ध्यूबाट बालेको दियोले प्रदुशन गर्दैन ।

सामाजिक महत्व एवं स्वच्छता अभियान : संस्कृतमा तमसो मा ज्योतिगर्मय भनिन्छ । अर्थात अन्धकारबाट प्रकाश
तर्फ आफनो बाटो तय गर्नु । आफू जलेर अरुलाई उज्यालो वा प्रकाश प्रदान गर्नु । दिप आफू जल्दछ तर अरुलाई
प्रकाश दिन्छ । यो पर्व केही दिन पहिला देखी नै शुरु हुन्छ । प्रत्येक व्यक्तिले आफनो घर, पसल, संस्थान, कार्यालयहरुलाई
सरसफाइ, रंगरोगन, मर्मत गराउन थाल्दछ । त्यति मात्रै होइन समुदाय स्तरमा बाटोघाटोलाई पनि सरसफाई गर्दछ
।
त्यसैले, यस पर्वको सामाजिक महत्व निकै रहेको छ ।
सरकारी विदा : नेपाल र भारतमा राष्ट्रिय पर्वको रुपमा मनाउने गरेकाले सरकारी विदा दिने चलन छ । नेपाली र
भारतीयहरुले अरु देशमा पनि आफनो अनुकुलताको आधारमा दिपावली
मनाउने गर्दछ ।
सीप र कला : दिपावलीको शुभ अवसरमा केटाकेटीहरुले रमाइलो गर्दछ । साथै, रमाइलो गर्ने क्रममा अनेक प्रकारको
सीप कलाको सृजना गर्दछ । जस्तै : अनेक डिजाइनको दिप बनाउने, अनेक प्रकारको माला र फूलहरु बनाउने,
बिभिन्न डिजाइनमा सजावट गर्ने, रंगोली लगायत अन्य रचनात्मक कार्य आदी ।
किसानको सम्मान पर्व : दिपावली उत्सव ग्रीष्म ऋतुको अन्तमा र शरद ऋतुको आगमनमा खुशियाली साटासाट गर्न
मनाउने उत्सव हो । यसलाई फसल उत्सवको प्रतिक मानिन्छ । ग्रीष्म ऋतुका फल एवं अनाजहरु केरा, लिची, आँप,
बेल, अनार, जामुन, उखु, नारिवल पानी आदी फलफूलहरुको सिजन समाप्त हुन्छ र शरद ऋतुको आगमनसँगै स्याउ,
सुन्तला, मकै, फर्सी, बदाम आदी फलफूलहरुको शुरुवात हुन्छ । यी फलफूलहरु स्वस्थ्य एवं समृद्धिको प्रतिक मानिन्छ
।
स्वस्थ्य अनाजले स्वस्थ्य समाजको निर्माणमा अहम भूमिका निर्वाह गर्छ । किसानहरु आफू आर्थिक रुपमा मात्रै होइन
सामाजिक रुपमा पनि योगदान गरेकोमा खुशीपूर्वक उत्सव मनाउँछ । तसर्थ, यस पर्वलाई किसानहरुको सम्मान पर्व
पनि भन्दछ ।
जय प्रकाश महतो
अध्यक्ष
भाषा संस्कृति प्रतिष्ठान, विराटनगर, मोरंङ
कोशी प्रदेश नेपाल















