11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

सशस्त्र प्रहरीद्वारा दुई राउन्ड गोली फायर

- Advertisement -

१०० किलो माछा बरामद, तस्करहरू फरार

नवलपरासी, कार्तिक २७ । भारतबाट लुकाइछिपाइ अवैध सामान नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिन खोज्दा दुई राउन्ड गोली फायर गरेको छ।

सशस्त्र प्रहरी नवलपरासीका प्रवक्ता डीएसपी गोविन्द केसीका अनुसार कार्तिक २६ गते मध्यराती करिब १२ बजे नियमित गस्तीमा खटिएको टोलीले मोटरसाइकलमा सवार १५ देखि २० जना तस्करको समूहलाई नियन्त्रणमा लिन प्रयास गर्दा गोली चलाउनुपरेको हो।

घटनास्थलबाट करिब १०० किलो सुकाएको माछा बरामद गरिएको प्रहरीले जनाएको छ। तर, तस्करहरू अन्धकारको फाइदा उठाउँदै फरार भएका छन्।

उनका अनुसार घटना प्रतापपुर गाउँपालिका–५ स्थित सीमावर्ती गाउँ बसहियाको पश्चिमतर्फको क्षेत्रमा भएको हो। उक्त स्थान भारतबाट भन्सार छलेर सामान ल्याउने मुख्य नाकाका रूपमा चिनिएको छ।

“सीमा क्षेत्रमा गाउँबस्ती टाढा–टाढा भएकाले सो क्षेत्र तस्करका लागि सुरक्षित बनेको छ,” प्रवक्ता केसीले बताए।

स्थानीयवासीका अनुसार, पछिल्लो समय गुठी परसौनी र पकलिहवा क्षेत्रमा निगरानी कडा भएपछि तस्करहरूले बसहिया हुँदै सामान ल्याउने बाटो रोजेका छन्।

सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको माछा आजै भन्सार कार्यालय महेशपुरमा बुझाउने तयारी गरेको जनाएको छ।

सीमा क्षेत्रमा हालका दिनमा कुखुरा, माछा, अण्डा, कपडा, मेशिनरी पार्टपुर्जा, रासायनिक मल र चामल प्रमुख रूपमा नेपाल भित्रिने गरेको छ भने नेपालबाट भारततर्फ धुपी काठ, चाइनिज खेलौना लगायतका सामान पठाउने क्रम पनि बढ्दो रहेको स्थानीयले बताएका छन्।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme