
सडकमा गुन्जे हुंकार नयाँ,
युवाको मुटुमा ज्वाला छ।
विद्रोहको स्वरले आकाश फाट्छ,
भविष्यको बाटो उज्याला छ।
धरहराको छायाँ धुलोमा हरायो,
इतिहास रोयो काठ र ढुङ्गा, मठ–देवलमा धुवाँ पस्दा,
सम्झनाले लेख्यो पीडा घुङ्गा।
उठ युवापुस्ता,
आवाज बुलन्द,
तर हातले जोगाउ सम्पदा।
झण्डा जस्तै हृदयमा राख,
धरतीको गौरव,
देशको कन्द।
आगो नबनाओ ध्वंसको चिह्न,
दीप बनाओ उज्यालोको।
क्रोध बदलियो शान्ति र प्रेम,
बीउ बनाओ भोलिको।
सम्पदा खरानी भए नरोउ,
फेरी नवजागरण ल्याइदेऊ।
विद्रोह होस् फूलको सुवास,
लेखककाे पुर्व प्रकाशित रचना















