बझाङमा युवाकाे राेजाईमा नेता सिंहकाे चर्चा

37

रमेश बहादुर सिंह बझाङ
नेपाली काँग्रेस जिल्ला कार्यसमिति बझाङले आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीका उम्मेदवारको सिफारिस गरेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि काँग्रेसले सबै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको नाम सिफारिस गरेको पार्टी कार्यालयले जनाएको छ ।

कार्यकर्ता माझ लोकप्रियता बनाएका नेपाली काङ्ग्रेस बझाङका नेता तथा पुर्व पार्टी सभापति पृथ्वी बहादुर सिंह प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि बझाङबाट सिफारिस भएका छन् । ०७४ सालमा नेपालका कम्युनिस्टको गठबन्धन हुँदाखेरि अमुल्य मत प्राप्त गरेका सिंह शेर बहादुर देउवा प्यानलका लोकप्रिय नेता हुन् ।
नेपाली काँग्रेशका नेता पृथ्वी बहादुर सिंह २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा बझाङबाट उम्मेदवार भएका थिए ।

नेपाल कम्युनिष्ट पार्टी एकता हुँदाखेरि नेता सिंह नेपाली काँग्रेसबाट प्रतिनिधि सभा निर्वाचनमा लडेका थिए । बझाङ जिल्लामा नेपाल कम्युनिष्ट पार्टीको गठबन्धन हुँदा जिल्लामा १५ हजार मत काँग्रेसका भन्दा बढि भएको बेला काँग्रेसबाट चुनाव लडिरहेका सिंहले कम्युनिष्टका १० हजार मत काटेर ५ हजारमा झारेका थिए ।

अहिले नेता पृथ्वी बहादुर सिंह प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिफारिस भएका छन् । उनि जिवनभर जिल्लामा रहेर आफ्नो मर्म र आवश्यकता भन्दा बझाङी जनता र कार्यकर्ताको आवश्यकतालाई बुझेर काम गरिरहेका छन् । बिगत लामो समय देखि नेपाली राजनितिमा होमिएका नेता सिंह अहिले कार्यकर्ताका लोकप्रिय नेता बनेका छन् ।

जनताको प्रतिनिधित्वमा होमिएका नेता सिंहले जनतासँग दैनिक जोडिने, श्रोतसाधनको पहिचान गर्ने, जनताको अधिकार, जिम्मेवारी, उत्तरदायित्व बहन गर्ने बताएका छन् । निस्वार्थ भावनाले जनताको सेवामा लागेर समाज रुपान्तरणको भावना जागृति गर्दै आफ्नो सम्पुर्ण जीवन राजनीतिमै बिताउने उनले बताएका छन् ।

नेता सिंह नेपाली काँग्रेस भएकै कारण नेकपा माओवादीले द्वन्दकालमा उनलाई महिनौँ दिनसम्म अपहरण समेत गरेका थिए । नेता सिंहले ०७४ सालको केन्द्रीय निर्वाचनमा पार्टीको समानुपातिक मत भन्दा ३ हजार बढी मत प्राप्त गरेका थिए ।

अहिले जनताको भावना बुझेर जनताको आवाजको
प्रतिनिधित्व गर्दै पार्टि र संगठनमा बलियो संर्घष गरेका छन् । भन्छन् : “मैले जनताको भावना पाएको छुँ, जनताको भावना माथी ठेस लाग्ने काम कदापि गर्ने छैन “। यता पार्टी कार्यकर्ताले हामीलाइ दु:ख र अप्ठ्यारोमा साथ दिने कार्यकर्ता मुखी नेता चाहिएकाे बताएका छन् ।

नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिको शुक्रबार सम्पन्न बैठकले प्रतिनिधि सभा सदस्यका आकांक्षी उम्मेदवार प्रत्यक्षतर्फ ८ जनाको नाम सिफारिस गरेको छ । जसमा पृथ्वी बहादुर सिंह, अर्जुन जंग बहादुर सिंह, चन्द्रा देवि जोशी, दलबहादुर बिष्ट कृष्ण, प्रकाश रसाइली स्नेही, रमेश बहादुर भण्डारी, सत्यराज भण्डारी, सुरेश मल्लको नाम सिफारिस गरेको छ ।

त्यसैगरि प्रतिनिधि सभा सदस्यका आकांक्षी उम्मेदवारहरु समानुपातिक तर्फ पुरुष खसआर्य र पिछडिएको क्षेत्रमा जगत प्रशाद जोशी, नरेश बहादुर सिंह, केशवराज जोशी, नन्दकृष्ण जोशी, धुर्वराज उपाध्याय, मोतिलाल उपाध्याय, सिद्धराज जोशी, सत्यराज भण्डारी र महिला खसआर्य पिछडिएको क्षेत्रबाट देवि कुमारी सेटि, दलित खसआर्य पिछडिएको क्षेत्रबाट विवश चन्द्र स्नेही, जनजाति महिला सारदा देवि तामाङको नाम सिफारिस भएको छ ।

साथै प्रदेश क्षेत्र ‘क’ प्रदेश सभा सदस्यका आकांक्षि उम्मेदवारहरु प्रत्यक्षतर्फ पृथ्वी बहादुर सिंह, जगत प्रशाद जोशी, ध्रुवराज जोशी, नन्दकृष्ण जोशी, नारायण हमाल, लोकेन्द्र बहादुर रोकाया, बिष्णु बहादुर सिंह, हर्कजंग बहादुर सिंह यस्तै समानुपातिक तर्फ पुरुष खसआर्य पिछडिएको क्षेत्रबाट खडक बोहरा, दानबहादुर सुर्मेली, ध्रुवराज उपाध्याय, भक्तराज जोशी,राजेन्द्र खड्का, बर्कबाहुर रोकाया ( द्वन्द पीडित आर्थिक भौतिक क्षति ) बिष्णु ऐडि र खसआर्य पिछडिएको क्षेत्र महिला तर्फ कल्पना बोहरा, गोकुल देवि सिंह, ज्यन्ती कुमारी जोशी, धिरा कुमारी खत्री, देवि सेटि, शान्ति कुमारी बोहरा पुजारा, समिता देवि बोहरा पुजारा, सुनिता बिष्ट थापा अपांगबाट मुकेश धामी दलित तर्फबाट कलक बिक,गोविन्द दमाई नेपाली, मंगल सुनार, सादना विसि, सिद्ध सार्की, सुनिल दमाईको नाम सिफारिस भएको छ ।

यस्तै प्रदेश क्षेत्र “ख” प्रदेश सभा सदस्यका आकांक्षीका उम्मेदवारहरु प्रत्यक्षतर्फ इश्वर बहादुर मल्ल, कटक जप्रेल, चित्र मल्ल, देवराज शर्मा, मानबहादुर कडायत, रमेश भण्डारी, रविप्रकाश सिंह, बाबू सिंह र प्रदेश सभा सदस्यका आकांक्षीका उम्मेदवारहरु समानुपातिक तर्फ पुरुष खसआर्य पिछडिएको क्षेत्र बाट ईश्वर बहादुर मल्ल, कवि गिरि, केशवराज जोशी, गुणाकर जोशी, दिर्घराज जोशी, मानबहादुर कडायत, रमेश बहादुर भण्डारी, सुर्य प्रकाश जोशी, मिना रावल, शान्ति कुमारी महत दलित तर्फ निर्मला विक, मन्जित ताम्राकार, जनजाति महिला शोभा थिङको नाम नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिले सिफारिस गरेको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा प्रत्येक्ष र समानुपातिक तर्फका उम्मेदवारहरुको नाम सिफारिसमा सम्मान हैसियतको हिसाबले सिफारिस गरेको नेपाली काङ्ग्रेस जिल्ला कार्यसमितिका प्रवक्ता रमानन्द जोशीले जानकारी दिएका छन।