पप्पु रेग्मी
पश्चिम नवलपरासी जिल्लाकाे बर्दघाट नगरपालिका वडा नं. १४ स्थित खजुरा खोलामा सनिवार दिउँसाे डुबेर एक बालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बर्दघाटले जनाएको छ ।
बर्दघाट नगरपालिका वडा नम्बर ७ घर भएका सिताराम चाैधरिकाे छाेरा अन्दाजी वर्ष ९ का निखिल चाैधरी घरबाट करिब १ कि.मी. पूर्वतर्फ रहेकाे खजुरा खोलामा शनिबार पाैडी खेल्ने नुहाउने क्रममा डुबेर मृत्यु भएको हो ।
बर्दघाट प्रहरीका अनुसार स्थानीयले मृतकलाई खोलाबाट झिकी स्थानीय मेडिकलमा लगेकाेमा मृत्यु भएको बताइएकाे थियाे ।
प्रहरीले घटनाबारे अनुसन्धान भइरहेकाे जनाएकाे छ ।





