13.3 C
New York
Thursday, May 14, 2026

Buy now

spot_img
spot_img

प्रतापपुरमा रास्वपाको संगठन विस्तार अभियान सफल

- Advertisement -

सभापति बृजराज कुशवाहाको सक्रियतामा ९ वटै वडामा तदर्थ समिति गठन

प्रतापपुर गाउँपालिका । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतापपुर गाउँपालिकामा संगठन निर्माणको पहिलो चरण सफलतापूर्वक सम्पन्न भएको छ । गाउँपालिका सभापति बृजराज कुशवाहाको सक्रिय नेतृत्व, निरन्तर खटाइ र संगठन विस्तारप्रतिको दृढ योजनाका कारण प्रतापपुरका सबै ९ वटा वडामा वडा तदर्थ समिति गठन गरिएको हो ।

संघीय निर्वाचनको समयमा प्रतापपुर क्षेत्रमा रास्वपाको औपचारिक संगठन संरचना लगभग शून्य अवस्थामै रहे पनि पार्टीप्रति जनताको आकर्षण बढाउन तथा उल्लेखनीय मत दिलाउन कुशवाहाले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । अहिले सोही आधारलाई संस्थागत गर्दै वडा तहसम्म संगठन विस्तार गर्ने अभियानलाई उनले तीव्रता दिएका छन् ।

रास्वपा प्रतापपुर सभापति कुशवाहाले पार्टीलाई दीर्घकालीन रूपमा मजबुत बनाउन संगठन निर्माण अपरिहार्य रहेको बताउँदै पार्टी विधानअनुसार वडा तदर्थ समिति गठनको कार्य योजनाबद्ध ढंगले सम्पन्न गरिएको जानकारी दिएका छन् ।

“जनताको आशा, युवाको विश्वास र वैकल्पिक राजनीतिक संस्कृतिको आवश्यकता महसुस गर्दै हामी वडा तहबाट संगठन विस्तारमा लागेका हौं । अब प्रतापपुरमा रास्वपाको अभियान जनताको घरदैलोमा पुगेको छ,” कुशवाहाले बताएका छन् ।

पूर्णकालिक कार्यकर्ताको भूमिकामा दिनरात खटिएका कुशवाहाले गाउँपालिकाका सबै वडामा भेला आयोजना गरी आफ्नो सभापतित्वमा तदर्थ समिति गठन प्रक्रिया सम्पन्न गरेका हुन् । संगठन निर्माणको क्रममा वडा नं. १ मा तेज नारायण चौधरीको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको छ भने वडा नं. २ मा प्रविण कुमार मुडभरी संयोजक चयन भएका छन् ।

त्यसैगरी वडा नं. ३ मा अजय कुर्मी, वडा नं. ४ मा महेन्द्र पासी, वडा नं. ५ मा राम विनोद गुप्ता, वडा नं. ६ मा राजकुमार अहिर, वडा नं. ७ मा मदन चन्द कोइरी, वडा नं. ८ मा रामचन्द्र कोइरी तथा वडा नं. ९ मा रिन्कु कुमार गुप्ताको संयोजकत्वमा वडा तदर्थ समिति गठन गरिएको छ ।

संगठन विस्तार अभियानपछि प्रतापपुर क्षेत्रमा रास्वपाप्रति जनताको आकर्षण थप बढेको स्थानीय कार्यकर्ताहरू बताउँछन् । विशेषगरी युवा पुस्ता, किसान, श्रमिक तथा वैकल्पिक राजनीतिक सोच राख्ने नागरिकहरू पार्टीसँग नजिकिँदै गएको देखिएको छ ।

रास्वपा जिल्ला कार्य समितिको विस्तारित बैठकमा समेत प्रतापपुरमा छोटो अवधिमै संगठन विस्तार गरी उदाहरणीय काम गरेको भन्दै सभापति बृजराज कुशवाहाको खुलेर प्रशंसा गरिएको स्रोतले जनाएको छ । जिल्ला तहका नेताहरूले प्रतापपुरको अभियानलाई अन्य पालिकाका लागि पनि प्रेरणादायी अभ्यासका रूपमा लिएको बताइएको छ ।

स्थानीय तहदेखि नै जनउत्तरदायी, पारदर्शी र सुशासनमुखी राजनीतिक संस्कृतिको विकास गर्न संगठन विस्तार अभियानलाई निरन्तर अगाडि बढाइने सभापति कुशवाहाले बताएका छन् ।

प्रतापपुरमा अहिले रास्वपाको संगठनात्मक गतिविधि तीव्र बन्दै जाँदा आगामी राजनीतिक यात्रामा पार्टी थप सशक्त रूपमा उदाउने संकेत देखिएको स्थानीय राजनीतिक वृत्तमा चर्चा हुन थालेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme