काठमाडौं, ११ माघ
दाङ, राप्ती गाउँपालिका-२ लालमटिया बस्ने १८ वर्षीय निर्मल परियार आफ्नै कोठामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, धरान उपमहानगरपालिका-८ स्थित रहेको अटल ग्यारेजभित्र भारत दार्जलिङ घर भएका ४६ वर्षीय योगेश शर्मा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, बुद्धशान्ति गाउँपालिका-४ देवि बस्ती बस्ने ४३ वर्षीय कमल राई सोही ठाउँस्थित मल खाडीमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
रुपन्देही, देवदह नगरपालिका-९ घोडाहास्थित सडक छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ३६ वर्षीया महिला मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।





