आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

29

लमजुङ, ११ माघ

बेसिशहर नगरपालिका-७ गुम्वा चोक बस्ने निरन्जन पौडेलको दुई वटा परालको टौवामा मंगलबार दिउँसो आगलागी हुँदा करिब ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।