नवलपरासी प्रहरीले आज साउन १८ गते भारतीय नगद बाेक्ने २ जनालाइ नियन्त्रणमा लिइ कार्वाही चलाएकाे छ ।
उनीहरूसित बरामद भएकाे ९ लाख भारतिय रुपिया र १८ लाख ५० हजार नेपाली रुपैयाँकाे श्रोत खुलाउन नसकेका कारण पक्राउ गरिएकाे डिएसपी राजु लामाले बताए ।
पक्राउ पर्नेमा पश्चिम नवलपरासी पाल्हिनन्दन गाउँपालिका वडा नं. २ का ३५ वर्षे योगेन्द्र यादव र भारतकाे उत्तर प्रदेश जिल्ला महाराजगंज ठुटीवारी बस्ने २७ वर्षे समिर खान रहेका छन् । ती दुबैजनालाइ प्रहरीले बर्दघाट नगरपालिका वडा नं. १२ भटौलिया स्थित परासी नारायण चोक हुलाकी सडक खण्डबाट पक्राउ गरिएकाे जनाएकाे छ ।
प्रहरीका अनुसार निजहरुले प्रयोग गरेको लु १६ प ३७२९ नं. को मोटरसाईकलाई शंका लागि रोकी चेकजाँच गर्ने क्रममा ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय नवलपरासीलाइ बुझाएकाे हाे ।
दुबैलाइ राेकेर चेकजाच गर्दा भारतीय २ हजार दरका २०७ थान, भारतिय ५ सय दरका ९७२ थान नोट गरी जम्मा ९ लाख भारू नगदका साथै नेपाली १ हजार दरका १ हजार ६९ थान नोट र ५ सय दरका १ हजार ५ सय ६२ थान नोट गरी जम्मा १८ लाख ५० हजार नपाली रुपैयाँ फेला पारेको हो ।
नवलपरासी प्रहरीले दिएकाे जानकारी अनुसार बरामद रकम सहित दुवै जनालाई थप अनुसन्धानको लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी भैरहेको छ ।





