बाँके, २२ साउन
हात्तीको दांत जस्तो देखिने २ वटा दाँत सहित प्रहरीले बिहीबार दिउँसो ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दाङ बबई गाउँपालिका-५ बस्ने ५० वर्षीय दल बहादुर सुनार, बर्दिया बाँसगढी नगरपालिका-३ बस्ने ८५ वर्षीय टिकाराम सुनार र सोही ठाउँ बस्ने ४८ वर्षीय धन बहादुर सुनार रहेका छन् ।
प्रहरीले उनीहरूलाइ बैजनाथ गाउँपालिका-६ सम्झना चोकबाट नियन्त्रणमा लिएकाे जनाएकाे छ । उक्त चोकमा अवैध वन्यजन्तुका अंगको खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा दलबहादुरले बोकेको झोलाभित्र लुकाइ राखेको अवस्थामा उक्त दाह्रा फेला परेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।















