पत्रकार महासंघ अध्यक्ष विपुल पाेखरेलकाे फेशबुक फेक आइडी

62

नेपाल पत्रकार महासंघ अध्यक्ष विपुल पाेखरेलकाे फेशबुककाे फेक आइडी बनाएर कसैले धेरैलाइ फ्रेन्ड रिक्वेस्ट पठाएपछि पाेखरेलकाे ध्यानाकर्षण भएकाे छ ।

हाल अमेरिकामा रहनु भएका अध्यक्ष पाेखरेलकाे नाममा बनाइएकाे फेशबुक आइडीबाट धेरैलाइ फ्रेन्ड रिक्वेस्ट आएपछि साथीहरूकाे ध्यानाकर्षण भइ गुनासाे आएकाे बताउनु भएकाे छ । महासंघ अध्यक्ष पाेखरेलले म अमेरिकामा छु कसैले मेराे नामकाे फेक आइडी बनाएर चलाएकाेले सजग रहन सबैमा अनुराेध गर्नुभएकाे छ ।

पाेखरेलका मित्रहरूले पनि स्टेटस राखेर यसलाइ सार्वजनिक गर्दै सबैमा सजग रहन अपिल गरेका छन् । फ्रेन्ड रिक्वेस्ट आए एसेप्ट नगर्न तथा कसैले गरिसक्नु भएकाे अवस्थामा ब्लक गर्न सुझाव दिइएकाे छ । कार्वाहीका लागि प्रहरीसंग समन्वय भइरहेकाे बताइएकाे छ ।