19.1 C
New York
Tuesday, April 28, 2026

Buy now

spot_img
spot_img

कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ

- Advertisement -

गुल्मी, २८ भदौ

चन्द्रकोट गाउँपालिका-७ बतासे बस्ने ४८ वर्षीय शिव बहादुर पुलामीको कुटपिट गरी हत्या गरेको अभियोगमा २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २७ वर्षीय हिम बहादुर पुलामी र सत्यवती गाउँपालिका-३ बस्ने २१ वर्षीय हिमाल रहादी रहेका छन् । उनीहरुबीच सामान्य विवाद हुँदा शिवकै भतिजो पर्ने हिम बहादुर र हिमालले मादक पदार्थ सेवन गरी गत बिहीबार कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मजुवाबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । साथै प्रहरीले घाइते शिवलाई उपचारका लागि स्थानीय मेडिकल सुबसराथी क्लिनिक प्रालि मजुवा पठाएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme