काठमाडौं, २८ भदौ
झापा, भद्रपुर नगरपालिका-८ बस्ने २२ वर्षीय सुमन तामाङलाई १५ ग्राम ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो लिसाइलो पदार्थ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-१७ बाट करिब १२ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित सोही नगरपालिका-१३ वडैपुर बस्ने ३५ वर्षीय पदम सिंह कठायतलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उनलाई उक्त ब्राउनसुगर सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




