5 C
New York
Thursday, November 20, 2025

Buy now

spot_img
spot_img

काठमाडौंमा सात दिनदेखि धर्नामा बसेका उखु किसानले राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी

- Advertisement -

काठमाण्डाैं, भदौ १४ ।
अनुदान रकम तत्काल भुक्तानी गर्नुपर्ने मागमा सात दिनदेखि काठमाडौंको माईतीघर मण्डलामा धर्ना दिइरहेका उखु किसानले आगामी भदौ २५ गतेदेखि अनिश्चितकालीन राष्ट्रिय राजमार्ग अवरुद्ध गर्ने चेतावनी दिएका छन्।

उखु उत्पादक महासंघ, नेपालले शनिबार काठमाण्डाैमा जिल्ला प्रतिनिधिहरुसँगको संयुक्त बैठकपछि सरकार माग सम्बोधनमा उदासीन बनेको भन्दै थप कठोर आन्दोलनमा जान बाध्य भएको जनाएको हो।

महासंघका अनुसार सरकारले किसानलाई दिनुपर्ने अनुदान रकम २ अर्ब रुपैयाँ बजेटमा समावेश गरिसके पनि गैरजिम्मेवार ढंगले कटौती गर्नु निन्दनीय भएको बताएको छ। तीन पटकसम्म सरकारसँग वार्ता भए पनि कुनै निष्कर्ष ननिस्केको भन्दै महासंघले सरकारको भूमिकालाई “किसानविरोधी” करार गरेको छ।

महासंघका प्रवक्ता उमेशचन्द्र यादव र संयोजक श्यामबाबु रायले संयुक्त वक्तव्य जारी गर्दै भनेका छन्, “किसानलाई दिनुपर्ने रकम कटौती गर्नु मेहनती किसानको आत्मसम्मानमा ठेस पुर्याउनु हो। आन्दोलन चर्कनु सरकारकै कारण हो।”

महासंघले राजमार्ग अवरोधका कारण सिर्जने प्रतिकूल परिस्थितिको सम्पूर्ण जिम्मेवारी सरकार, अर्थ मन्त्रालय तथा प्रधानमन्त्री र मन्त्रिपरिषद्माथि पर्ने चेतावनी दिएको छ।

साथै, धर्ना तथा प्रदर्शनलाई प्रत्यक्ष वा अप्रत्यक्ष साथ, सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिंदै महासंघले आन्दोलनलाई अझ सशक्त बनाउन आ–आफ्नो स्थानबाट पहल गर्न किसान तथा सरोकारवालासमक्ष अपिल गरेको छ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme