नवलपरासी (प्रतापपुर) –
तिहारको चाडपर्वको मध्यराति ३ बजे बिरामी लिएर सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पुगेका विरेन्द्र चौधरीले त्यहाँ भोगेको पीडा फेशबुकमा पोखेका छन्। उनका अनुसार इमरजेन्सीमा बिरामी लिएर पुग्दा पनि अस्पतालले “टिकट काटेपछि मात्र उपचार सुरु हुने” बताएको थियो।
चौधरीका अनुसार उनकी श्रीमती मध्यराति अस्वस्थ भएपछि उनी छिटो उपचारका लागि नजिकको सामुदायिक अस्पताल पुगेका थिए। तर इमरजेन्सी कक्षमा उपस्थित स्वास्थ्यकर्मीले “टिकट बिना उपचार गर्न नमिल्ने” भन्दै उपचार अघि बढाउन अस्वीकार गरे। टिकट काट्ने कर्मचारी निदाइरहेका थिए, र उनलाई बोलाउन समय लाग्ने भएपछि चौधरीले तुरुन्त उपचार सुरु गर्न आग्रह गरे तर चिकित्सकले नियम देखाउँदै अडान लिए।
उनका अनुसार—
“बिरामीको ज्यान जोखिममा हुँदा पनि फर्मालिटी पूरा गर्न दबाब दिने कुरा अति दुःखद छ। यस्तो लापरवाहीले कहिले काँही बिरामीले समयमै उपचार नपाएर ज्यान गुमाउन सक्छ।”
🔹 पहिल्यै पनि विवादित व्यवहार
चौधरीले यसअघि पनि दशैंताका कुकुरले टोक्काे बिरामी लिएर गएको अनुभव सुनाए। अस्पतालले त्यसबेला “एउटै बिरामीका लागि औषधिको प्याक खोलेर नहुने” भन्दै बिरामीलाई घर फर्काएको र पछि फोन गरेर बोलाउने भने पनि आजसम्म सम्पर्क नगरेको उनको गुनासो छ।
उनले फेशबुकमा प्रश्न गरेका छन् —
“कुकुरले टोकेको बिरामीले उपचार पाउनका लागि अर्को बिरामी कुर्नुपर्ने नियम कसले बनाएको हो ? यस्तो नियमले कसको सेवा हुन्छ ?”
🔹 सेवाग्राही र नागरिकको आक्रोश
चौधरीको स्टेटस सार्वजनिक भएपछि धेरैले असन्तुष्टि जनाएका छन्। उनीहरूले अस्पतालको व्यवहारप्रति गम्भीर प्रश्न उठाएका छन्।
१. Keshab Pokhrel Hemraj:
“एक स्थानीस सरकारको राष्ट्रसेवक कर्मचारीसँग त्यस्तो व्यवहार भएछ, झन् निमुखा जनता जाँदा के भैरहेको होला! जनताबाट चन्दा संकलन गरी बनाइएको सामुदायिक अस्पतालमा पनि यस्ताे व्यवहार? स्वास्थ्यकर्मी त बुद्धिजीवी हुनुपर्ने हो!”
२. Raja Gosai:
“समुदायिक अस्पतालको नाममा राजनीति र अनावश्यक कठोरता फितलो भएको छ। यदि पढेलेखेका बुद्धिजीवीहरूसँग यस्तो व्यवहार भइरहेको छ भने साधारण नागरिकलाई त कस्तो व्यवहार हुने होला जसलाई ‘टिकट’ के हो भन्ने अर्थ पनि थाहा नहुन सक्छ।
व्यवस्थापन समितिले तुरुन्त सुधार गर्नुपर्छ —
१) इमरजेन्सीमा बिरामी आएपछि पहिले उपचार सुरु गरियोस्, टिकट पछि काटियोस्।
२) अनलाइन टिकट प्रणाली लागू गरियोस्।
३) कर्मचारीको व्यवहार सुधार्न तालिम अनिवार्य गरियोस्।
४) अस्पताललाई सार्वजनिक हितमा सञ्चालन गरियोस्।”
३. Govind Nepal:
“सामुदायिक अस्पताल भएको भए बिरामीलाई पहिले उपचार हुन्थ्यो होला, तर अस्पताल नभई राजनीतिक अफिसको अड्डा भयो।”
४. Laxx Man Giri:
“इमर्जेन्सीमा टिकट बिना बिरामी नहेर्ने वा दुर्घटनामा बिरामीलाई मुचुल्का बिना नलैजाने कुनै कानुन छैन। यस्तो भ्रम जनतामा नफैलाऔँ।”
५. Aryal Sandhya:
“इमर्जेन्सीको अर्थ नबुझेको हो कि मनमानी हो? उपचार सुरु गरेर टिकट काट्नुपर्ने हो नि, अचम्म लाग्छ यस्ता नियम सुन्दा।”
६. Jeet Sharma:
“बिरामीको उपचार सुरु गरि टिकट प्रक्रियालाई पनि सँगसँगै अघि बढाउनुपर्छ।”
७. Kumar Ale:
“उपचार गर्दै गर्ने र टिकट पनि बनाउँदै गर्ने हो।”
८. Bishnu Krijma:
“आफैं कर्मचारीले बनाएको नियम हो यो। इमरजेन्सीमा पहिले टिकट काट्नुपर्ने छैन।
टिकट आवश्यक हुन्छ किनभने त्यसमा औषधि र उपचार विवरण लेख्नुपर्ने हुन्छ, तर त्यो पछि पनि गर्न सकिन्छ।”
९. Bina Chaudhary:
“अब त अनलाइन टिकट प्रणाली बनाउनु पर्छ। इमरजेन्सी बेला बाटोमै जाँदै गर्दा नै टिकट काट्न मिल्ने व्यवस्था गरौं, नभए पहिले उपचार थाल्नु पर्छ।”
१०. Ghanu Tharu:
“इमरजेन्सी केसमा पहिले चेकअप, पछि टिकट।”
🔹 सुधारको माग
स्थानीयहरूले सामुदायिक अस्पतालको उद्देश्य “जनताको पहुँचमा स्वास्थ्य सेवा पुर्याउने” हो भन्ने स्मरण गराउँदै, व्यवस्थापन समितिले तत्काल सुधारात्मक कदम चाल्नुपर्ने माग गरेका छन्।
तिनीहरूको भनाइमा—
“टिकट प्रणाली आवश्यक छ, तर इमरजेन्सीको प्राथमिकता जीवन बचाउने हो। नियम होइन, मानवीयता अघि आउनुपर्छ।”

🔹 निष्कर्ष
सहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा रातको समयमा घटेको घटनाले प्रश्न उठाएको छ —
“कसका लागि बनाइएका हुन् सामुदायिक अस्पतालहरू?”
यदि बिरामीले अस्पताल पुगेर पनि उपचार नपाउने अवस्था रह्यो भने समुदायको नाममा सञ्चालित यस्ता संस्थाहरूको अर्थ नै के रहन्छ ?
स्थानीय प्रशासन र स्वास्थ्य कार्यालयले घटनाको छानबिन गरी उचित सुधारका लागि कदम चाल्ने अपेक्षा गरिएको छ।
रिपोर्टर: बृजराज कुशवाहा
स्रोत: बिरेन्द्र चौधरीको फेशबुक स्टेटस र नागरिक प्रतिक्रिया
माध्यम: OnlineJanata.com















