वृजराज कुशवाहा नवलपरासी, १२ फागुन ।
नवलपरासीमा चल्दै आएकाे मदारबाबा मेलामा एक भारतीय युवककाे ज्यान गएकाे छ ।
दुर्गम पहाडीमा रहेकाे मदारबाबा मेलामा भारतकाे कुशीनगर जिल्ला स्थित कप्तानगञ्ज घर भएका अन्दाजी ४५ वर्षका विनाेद सहानी नाम गरेका व्यक्तिकाे पहाड चढ्ने क्रममा लडेर ज्यान गएकाे प्रहरीले जनाएकाे छ ।
घटनाकाे अनुसन्धान भइरहेकाे तथा उनका आफन्तलाइ बाेलाउने खबर गरिएकाे पुर्वि नवलपरासीका प्रहरी निरीक्षक मधुसुदन सिंहले बताए ।
प्रहरी निरीक्षक सिंहले दिएकाे जानकारी अनुसार विहिवार विहान साढे १० बजे प्राप्त भएकाे खबर अनुसार प्रहरी घटना स्थल पुगेर शव मुचुल्का तयार गरि पाेष्टमार्टमका लागि पश्चिम नवलपरासी पठाएकाे छ । उनले अगाडि भने, मृत्यु हुनुकाे कारण खुल्न सकेकेा छैन । उनका घरका परिवारलाइ बाेलाइएकाे छ । उहाँहरू समेत आइसकेपछि हुने अनुसन्धानबाट मृत्युकाे कारण खुल्ने बताए ।