9.3 C
New York
Sunday, April 19, 2026

Buy now

spot_img
spot_img

काेराेनाकाे कारण राेकिएकाे औद्योगिक व्यापार मेला शुरू

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट , १२ फागुन ।

पश्चिम नवलपरासीको बर्दघाट उद्योग बाणिज्य संघको आयोजनामा बर्दघाट नगरपालिका – ४ बर्दघाट मण्डपमा आयोजित औद्योगिक व्यापार मेला फागुन १३ गतेबाट सुुरु हुने भएकाे छ । आयोजकका अनुसार मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।

स्वदेशी र विदेशी गरी २ सय बढी स्टल रहने सो ब्यापार मेलाको फाल्गनु १३ गते शुक्रबारका दिन लुम्बिनी प्रदेशका प्रदेश सदस्य दिपेन्द्र कुमार अधिकारीले समुद्घाटन गर्नुहुने बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपानेले बताए ।

‘कला, संस्कृति, उद्योग र व्यापार समृद्ध बर्दघाटको बलियो आधार’ भन्ने नारासहित बर्दघाटमा सञ्चालन हुन लागेको पाँचौं बर्दघाट कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलाको सम्पुर्ण तयारी पुरा भएको छ ।

कृषिलाई प्राथमिकता दिइएको मेलामा कृषि र महिला उद्यमीलाई निःशुल्क स्टल उपलब्ध गराइएको अध्यक्ष न्याेपानेले बताए । यस्तै संघमा आवद्ध उद्योगी व्यवसायीलाई स्टल भाडामा ५० प्रतिशत छुट गरिएको छ । मेलाको लागि सचिवालय, स्टलहरू, बाल उद्यान लगायतका निर्माणका सबै पुरा भएको बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष न्यौपानेले बताए ।

करिव डेढ दर्जन उपसमिति बनाएर काम तीव्र गतिले मेला सम्पन्न गर्नकालागि व्यापार मेलामा जिल्लाका पर्यटकीय स्थलको प्रचार गर्ने उद्देश्यले डकुमेन्ट्री प्रदर्शन एवं कला संस्कृति,परम्पराको संरक्षणसमेत गर्ने उद्देश्यले मगर, थारु, नेवार लगायत जातिका परम्परागत घर लगाएत खानाका परिकारहरू पनि रहने कृषि, पर्यटन तथा संस्कृति व्यवस्थापन उपसमिति संयोजक गंगाप्रसाद पाठकले बताए ।

मेला अवधिभर दर्शकलाई मनोरन्जन दिलाउन लोक दोहोरी, आधुनिक र हाँस्य विधाका राष्ट्रिय र स्थानीय गरी ८५ जना भन्दा बढी चर्चित कलाकारहरूको प्रस्तुतिसँगै बर्दघाट डान्स आइडल र टिकटक प्रतियोगिता आकर्षणको रुपमा रहने सांस्कृतिक उपसमिति संयोजक खुमन बस्यालले बताउनुभयो ।

फागुन २५ गतेसम्म चल्ने व्यापार मेलामा दुई लाख दर्शकले अवलोकन गर्ने र तीन करोड रुपैयाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको महासचिव दिनेश न्यौपानेले जानकारी दिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme