15.6 C
New York
Friday, April 24, 2026

Buy now

spot_img
spot_img

थारु मोर्चाको २ दिने राष्ट्रिय सम्मेलन बर्दघाटमा सम्पन

- Advertisement -

पप्पु रेग्मी, बर्दघाट । अखिल नेपाल थारु राष्ट्रिय मुक्ति मोर्चाको २ दिने प्रथम राष्ट्रिय सम्मेलन
पश्चिम नवलपरासीको बर्दघाट–४ दिब्यनगरस्थित दिब्य ज्योति बौद्धविहारमा  सम्पन्न भएकाे छ ।
 राष्ट्रिय सम्मेलनले मिटरब्याजी तथा लघुबित्तबाट पीडित भएकाहरुको न्यायपुर्ण आन्दोलनमा ऐक्यबद्धता जनाउने प्रस्ताव पारित गरेको नव निर्वाचित अध्यक्ष रामजी चाैधरीले बताए ।
सम्मेलनले मजदुर तथा किसानको न्यायपुर्ण संर्घषमा समर्थन  गर्दै, भारतबाट कब्जा गरिएको नेपाली भुमि  फिर्ता गर्नु पर्ने, थारु स्वशासन तथा आत्मनिर्णयको अधिकार एंव सबै उत्पिडितवर्गलाई अधिकार सम्पन्न बनाउनु पर्नेमा जोड दिएको अध्यक्ष चाैधरीले बताए ।
साथै माेर्चाले राष्ट्रघाती नागरिकता बिधेयक तथा एमसीसी सम्झौताको खारेजी गर्नुपर्ने ठहर गर्दै आसन्न प्रतिनिधिसभा प्रदेशसभा निर्वाचन बहिस्कार गर्ने निर्णय समेत गरेकाे अध्यक्ष चाैधरीले जानकारी दिए ।
सम्मेलनले रामजी चौधरीको नेतृत्वमा २१ सदस्सीय केन्द्रीय कार्य समितिकाे निर्वाचनबाट निर्वाचित भएका छन् जस्काे उपाध्यक्षमा आशिष चौधरी, महासचिवमा दुर्गानारायण थारु, सचिवमा  बिन्तीराम चौधरी, कोषाध्यक्षमा नारायण प्रसाद चौधरी रहेका छन भने, सदस्यहरुमा रामविलास चौधरी, मुक्तमाया महतो, फिरल महतो, बुनीलाल चौधरी, देवानन्द चौधरी, जगदीश डगौरा थारु लगायत निर्वाचित भएको र यस प्रथम राष्ट्रिय २ दिने सम्मेलन भब्य र सभ्य तरिकाले सम्पन्न भएकाे  महासचिव दुर्गानारायण थारुले  जानकारी दिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme