रंजीत शर्मा, नेपालगञ्ज ।
स्थानीय स्तरमा नमुना यूवा संसद अभ्यास कार्यक्रम सञ्चालनको लागि प्रशिक्षक प्रशिक्षण कार्यक्रम विहिवारदेखि नेपालगन्जमा सुरु भएको छ।
नेपाल सरकार, यूवा तथा खेलकुद मन्त्रालय अन्तर्गत पर्ने राष्ट्रिय युवा परिषदको आयोजनामा आजदेखि असोज ८ गते सम्म संचालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रम शुरु भएको हो।
युवाको नेतृत्व क्षमता बृद्धि तथा यूवा क्लब गठन एवम् नमुना यूवा संसद अभ्यास कार्यक्रम सञ्चालन गर्न यसै आर्थिक वर्ष देखि राष्ट्रिय युवा परिषदले तीन चरणमा सात वटै प्रदेशलाई मिलाएर कार्यक्रम सञ्चालन गर्दै आएको छ।
गत असोज महिनाको २ देखि ४ गते सम्म राजधानी काठमाडौंमा बागमती र गण्डकी प्रदेशका सहभागीहरूको सहभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरे संगै आजदेखि नेपालगन्जमा लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको २२ जनाको सहभागितामा प्रशिक्षण कार्यक्रम सम्पन्न हुने भएको छ।
राष्ट्रिय युवा परिषदका सूचना अधिकारी अशोक पराजुलीका अनुसार यस कार्यक्रम सहभागिताका लागि गत भाद्र ०२ गते सूचना प्रकाशनको आधारमा छनोट भएका सहभागीलाई यो प्रशिक्षण कार्यक्रम सञ्चालन भएको हो ।
यस लगत्तै सुनसरी जिल्लामा प्रदेश न ०१ र मधेश प्रदेशका सहभागीहरूको सहभागितामा सञ्चालन हुने बताएका छन् । यस कार्यक्रमको प्रशिक्षण राष्ट्रिय युवा परिषद्का सूचना अधिकारी अशोक पराजुली र अभिनास कार्कीले गरेका छन्।