नवलपरासीमा कुटपिटले छाेराकाे मृत्यु, बाबु पक्राउ

20

नवलपरासी (पश्चिम), ४ असाेज ।

पाल्हिनन्दन गाउँपालिका-१ रमपुरवा बस्ने ३० वर्षीय जनिस चमारको कुटपिटबाट मृत्यु भएको छ ।

उनकै बुवा ४५ वर्षीय सिता रबिदास चमारले मादक पदार्थ सेवन गरी मुक्का प्रहार गर्दा गम्भीर घाइते भएका जनिसको पृथ्बी चन्द्र अस्पताल परासीमा उपचारको क्रममा आइतवार राती १० बजे मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय समेतबाट खटिएको प्रहरीले रबिदासलाई नियन्त्रणमा लिएको छ । तर जनिसकी आमाले छाेराकाे मृत्यु प्रहारबाट नभएर आफ्नै कालगतीले भएकाे भनेकाे कुरा प्रहरी प्रमुख प्रहरी उपरिक्षक मनाेज कुमार यादवले बताए । उनले भने यसबारे पाेष्टमार्टमकाे रिपाेर्ट आएपछि घटनाबारे केही तथ्य खुल्न सक्ने छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।