नवलपरासी- चिसापानी अस्पतालमा डा. दिपेन्द्रप्रताप सिंहको ज्यान गएकाे छ । डा. सिंह आइतबार दिउँसो अस्पतालको ड्यूटी रुममा मृत फेला परेका थिए।
मृत फेला परेका ३५ वर्षीय चिकित्सक डा दिपेन्द्रप्रताप सिंहलाई हृदयघातका कारण ज्यान गएकाे पोष्टमार्ट रिपोर्टबाट खुल्न आएको कुरा अस्पताल श्राेतले जनाएकाे छ ।
अस्पतालका अस्पतालका प्रशासक एवं जनस्वास्थ्य निरीक्षक रमेशचन्द्र न्यौपानका अनुसार डा सिंह शनिबार रातीको नाइट ड्यूटी सकेर आइतबार बिहान ७ बजे ड्यूटी रुममा सुत्नका लागि गएका थिए।
सफाइकर्मीले सरसफाई गर्ने क्रममा ढोका नखोलेपछि ढोक फोडेर हेर्दा मृत अवस्थामा फेला परेका थिए।
‘ढोका खोलेर हेर्दा उहाँ भुईमा घोप्टो परेको अवस्थामा हुनुहुन्थ्यो। आवश्यक जाँच गर्दा उहाँको मृत्यु भइसकेको थियो’ उनले भने ‘पोष्टमार्टम रिपोर्टमा उहाँलाई गम्भीर हृदयघात भएको देखियो।’
उनका अनुसार परासी घर भएका डा सिंह एक वर्षदेखि अस्पतालमा करारमा कार्यरत थिए।





