रमेश बहादुर सिह, बझाङ
बझाङमा गोली लागेको अवस्थामा एक चितुवा मृत फेला परेको छ । बुँगल नगरपालिका वडा नं. ४ को रम्तेली गाँउनजिकै चितुवा मृत अवस्थामा फेला परेको हो ।
मृत अवस्थामा फेला परेको चितुवालाई गोली लागेर मृत हुनसक्ने स्थानीय सुरेश कुवँरले बताए ।
उक्त चितुवालाई सिकारीले गोली हानेको र चितुवा भाग्ने क्रममा गाउँ नजिकै मरेको हुन सक्ने स्थानीय बताउछन । घटनाबारे थपअनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।















