8.1 C
New York
Wednesday, April 22, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा आत्मरक्षा सिक्दै किशोरी

- Advertisement -

 

रंजीत शर्मा

नवलपरासी,१४ माघ
नवलपरासीको रामग्राम नगरपालिका वडा नं. ९ जोकावरेमा अवस्थित जनता आधारभूत विद्यालय जोकावरेमा पहिलो चरणको दुई दिने आत्म रक्षा तालिम सुरु भएको छ ।

रामग्राम नगरपालिकाको आयोजना तथा उपकार समाज संस्थाको सहजीकरणमा किशोरी मैत्री वातावरण निर्माणका लागि नगरपालिका भरिका प्रत्येक वार्डका किशोरीहरुका लागि आत्म रक्षा तालिम सुरु भएको छ।

रामग्राम नगरपालिका वार्ड नं ०९ का वार्ड अध्यक्ष सुनिल कुमार पाठकको अध्यक्षता तथा रामग्राम नगरपालिकाका नगर प्रमूख नरेन्द्र कुमार गुप्ताको प्रमूख अतिथिकतामा सुरु भएको छ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गुप्ताले देशमा बढ्दो महिला हिंसाका घटनाहरू विरुद्ध सशक्त ढङ्गले कदम चाल्नु पर्ने आवश्यकतालाई मध्यनजर गर्दै विगत ३ साल देखि नगरपालिकाले यस्ता कार्यक्रमको आयोजना गर्दै आएको वताए।समाजमा भइरहेको बिकृती तथा बलात्कारको घटनालाई न्यूनीकरण गर्ने सहि उपाय रहेको तथा आगामी दिनमा पनि सवै सरकारी निकाय,गैरसरकारी संघसंस्था एक जुट भइ बलात्कार तथा महिला हिंसा विरुद्ध सचेतना अभियान चलाउनु पर्नेमा जोड दिँदै नगरपालिकाको सहयोग सधै रहने प्रतिबद्धता व्यक्त गरेका छन्।

विगत ४ वर्ष देखि हजारौँ किशोरीहरूलाई आत्मरक्षा तालिमको माध्यमबाट सशक्तिकरण गर्न सफल व्यक्तित्व एवम् पत्रकार रेनुका चौधरी तथा ममता जय प्रकाश सिंहले तालिमको सहजिकरण गर्नु भएको छ । प्रशिक्षणका क्रममा आत्मरक्षा तालिमकी प्रशिक्षकले महिला माथी हुने हिंसाबाट जोगिनका लागि विभिन्न १० प्रकारका उपायहरु सिकाइने बताइन् । महिलाहरुमा बल भएपनि आत्मविश्वासका कमीका कारण उनीहरु हिंसाको शिकार हुनुपरेको उल्लेख गर्दै चौधरीले आत्मरक्षा तालिमले महिलाहरुको आत्मबल बढाउने बताइन् ।

कार्यक्रममा रामग्राम नगरपालिका वार्ड नं ०९ का वार्ड सदस्य उमेश यादव,विपत यादव महिला वार्ड सदस्य सुशीला सिंह जनता आधारभूत विद्यालयका प्रधानाध्यापक आश्यिनी पाठक, समाजसेवी एवम् शिक्षक जय प्रकाश सिंह,रामग्राम नगर बाल संजालका सल्लाहकार सिद्धान्त पाठक,पत्रकार राज चौधरी, ज्ञानेश्वर साहनी,विनोद निगम लगायतको अतिथिकता रहेको थियो भने कार्यक्रम सञ्चालन रंजीत शर्माले गरेका थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme