केरा उत्पादक समितिकाे पाचाैं साधारण सभा सम्पन्न

78

नवलपरासी, ३० पुष ।

नवलपरासी केरा उत्पादक समितिले आफ्नाे पाचाैं वार्षिक साधारणसभा भव्यताका साथ सम्पन्न गरेकाे छ ।

प्रदेश सरकार कृषि मन्त्रालयका सचिव डा. शान्ता कार्कीकाे प्रमुख आतिथ्यतामा सञ्चालित साधारण सभामा विशेष अतिथी लुम्बिनी प्रदेशका कृषि निर्देशनालय प्रमुख देवेश मिश्रले केरा किसानकाे समस्या विस्तारै समाधान हुंदै गैरहेकाे बताउदै यस क्षेत्रमा जुन तवरले केराक्षेत्र विस्तार हुदै गइरहेकाे छ, यस क्षेत्र मै केरा विज्ञ आवश्यक रहेकाेतर्फ जाेड दिदै सचिव डा. कार्कीकाे ध्यानाकर्षण गराउनु भयाे । यस क्षेत्रमै रहेर काम गर्ने गरि केरा विज्ञकाे व्यवस्था भयाे भने केराकाे धेरै नै समस्या समयमै समाधान भएर जाने विश्वास व्यक्त गर्नुभयाे ।

कार्यक्रमका प्रमुख अतिथी एवम लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रालयका सचिव डा. शान्ता कार्कीले केराकाे लागि भइरहेकाे मल अभाव पुर्ति गर्न मलकाे व्यवस्था गर्न माग गरेकाे भन्दै प्राङ्गारिक मलकाे तयारी गर्ने प्रविधि सिकाउनेतर्फ समेत कार्यक्रम ल्याउने साेंच गरिराखेकाे जानकारी गराउनु भयाे ।

कार्यक्रममा अनलाइनजनताका सम्पादक पत्रकार वृजराज कुशवाहाले केरा किसानकाे समस्या विकराल बन्दै गइ रहेकाे अवस्थामा केरा उत्पादक समितिकाे नेतृत्वले काम गर्न सकिरहेकाे छैन भन्दै समितिलाइ समस्या परेकाे बेला थप सहयाेगका लागि माग गरे आफुले सक्दाे सहयाेग गर्ने बताउनुभयाे । पाचाैं वार्षिक साधारणसभामा पुगीसक्दा पनि समितिसित आफ्नाे कार्यालय समेत नरहेकाे अवस्थामा कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने एक काेठाभवन उपलब्ध गराउने वाचा समेत व्यक्त गर्नुभयाे । अबकाे सरकारले किसानकाे पीडामा सकृय याेगदान गर्न नसकिरहेकाेले दीगाे समाधानका लागि किसानले सरकारसित राहत माग्ने हाेइन कि दीगाे कार्य याेजना पेश गरी कार्यान्यवन गराउनका लागि अगाडि बढ्नुपर्ने दिन आएकाे दावी गर्नुभयाे ।

त्यस्तै साना किसान सहकारी नरसहीका अध्यक्ष नन्दलाल गुप्ताले समितिमा भ्रष्टाचार बढेकाे छ । जताततै अहिले केरा उत्पादक समितिका अध्यक्ष लख्खु प्रसाद यादवले पैसा हिनामिना गरेकाे चर्चा बाहिर व्यापक छ । यसबारे नेतृत्व पंक्ति बाेलेकाे छैन । जनताका सामु सबैकाे चित्त बुझ्ने गरी हिसाबकिताब छिटाे भन्दा छिटाे सार्वजनिक गर्न मागदावी गरेका थिए ।

कार्यक्रममा कृषि ज्ञान केन्द्र नवलपरासीका शिव प्रसाद अर्याल, प्रधानमन्त्री कृषि परियाेजनाका रन बहादुर महताे लगायतकाकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमका प्रमुख अतिथी एवम लुम्बिनी प्रदेश सरकारका कृषि मन्त्रालयका सचिव डा. शान्ता कार्कीले समाराेह पश्चात केराखेतीकाे अवलाेकन समेत गर्नुभएकाे थियाे ।