भैरहवा, १८ माघ ।
सेवाग्राहीकाे काम समयमा सम्पन्न गर्न आनाकानी गर्ने र भाेली आउनुस् भन्न सहज मान्ने मालपाेतका कर्मचारीलाइ रातीमा पनि अफिस खाेलेर काम गर्दै गरेकाे देख्दा कसलाइ अचम्म लाग्दैन र ? अचम्म लाग्नु पनि स्वभाविकै हाे । किनकी राज्यले पनि दिउंसै काम गर्ने समय निर्धारित गरेकाे छ । यस अवस्थामा रातीमा अफिस किन खुल्याे ? भनेर सवाल उठ्नु जायज नै हाे ।
यस्तै घटना सार्वजनिक भयाे, रूपन्देहीकाे मझगावां मालपाेत कार्यालयमा । रातीकाे करिब ९ बजेकाे थियाे, जब सञ्चारकर्मीकाे टाेली मालपाेत कार्यालय मझगावांमा प्रवेश गर्याे, मालपाेत कार्यालय खुलेकाे थियाे । दराज र फाइलहरू खोलिएका थिए, कार्यालय प्रमुख तिलक रावत, कम्प्युटर अपरेटर रवीन्द्र पाण्डे र लेखापढी व्यवसायी रामव्रत गुप्ताले काम गरिरहेका थिए । पत्रकार पुगेको देखेर भागाभाग भयाे । कार्यालयमा काम गरिरहेका कार्यालयका कर्मचारी र लेखापढी व्यवसायी समेत भाग्न थाले ।

उनीहरूले कार्यालयको साइडकाे ढोका खोलेर बाहिर निस्केका थिए । मूल ढोका बन्द गरिएको कार्यालयभित्र काम भइरहेको देखेपछि ‘भित्र के हुँदै छ, को को हुनुहुन्छ ?’ भन्दै चिच्याउन थाल्दा कार्यालय प्रमुख रावतले साइडकाे ढोका खोलेपछि पत्रकारको टोली भित्र छिरेको थियो । यति राति कार्यालयका कोठा, दराज र फाइल खोलेर के गरेको ? भन्ने जिज्ञासामा लेखापढी व्यवसायी गुप्ताले तिलकमा जान लागेको हास्यास्पद जवाफ फर्काए । कार्यालय प्रमुखले चलिरहेको जेनेरेटर आफैँ बन्द गरी कार्यालय बन्द गर्न कम्प्युटर अपरेटर पाण्डेलाई अह्राउँदै बाहिर निस्केका थिए ।

जवाफमा कार्यालय प्रमुख तिलक रावतले ‘खासै काम नगरेको’ भन्दै सुधार्ने मौका दिन पत्रकारको टोलीलाई अनुरोध गरे । उनी आफैँले राति कार्यालय खोलेर गल्ती गरेको स्विकार गरे ।
सेवाग्राहीको गुनासोपछि पत्रकारहरूकाे टाेली सोमबार १७ गते राति करिब ९ बजे कोटहीमाई गाउँपालिका–५ स्थित मालमोत कार्यालय मझगावा पुगेकाे थियाे । टोलीले राति काम भइरहेको प्रमाण भेटाएकाे थियाे । Bajrang WOW 250*250 Padulux_insider_250x250 राति कार्यालयका कोठाहरू खुलेका थिए ।
यसरी रातीकाे समयमा मालपोत जस्ताे कार्यालय मझगावामा ‘सेटिङ’मा काम हुने गरेको आशङ्का गरिएकाे छ । लेखापढी व्यवसायी र कार्यालयका कर्मचारीको मिलोमतोमा सेटिङ मिलाएर राति काम हुने गरेको खुलेको छ । सेटिङमा भूमाफियाहरूकाे इशारामा कर्मचारीहरू राजश्व हिनामिना गराउने, राजश्व मास्ने, रातारात सेटिङलाइ मूर्त रूप दिने जस्ता अख्तियार दुरूपयाेग गरिरहेका संलग्न कर्मचारी तथा मतियारलाइ राज्यले छुट दिइरहेकाे अवस्थामा जनता तथा अामजनताका जग्गा जमिन सुरक्षित नरहेकाे महशुस गरिएकाे छ ।
राज्य तथा राज्यका संवैधानिक निकायहरूले बेलैमा कार्वाही चलाउन सके सुशासन कायम गर्न राज्यलाइ सघाउ पुग्ने थियाे ।





