12.4 C
New York
Thursday, April 23, 2026

Buy now

spot_img
spot_img

नवलपरासीमा सवारी दुर्घटना: भारतीय नागरिकको मृत्यु

- Advertisement -

सहबान अन्सारी, १८ माघ ।

नवलपरासीमा मोटरसाईकल दुर्घटना हुंदा एक भारतीय नागरिकको मृत्यु भएको छ । मृतक भारतकाे महराजगञ्ज जिल्ला निवासी हुन् । उनी माघे ओैँसीकाे मेला भर्न त्रिवेणी आएकाे बताईएकाे छ ।
मंगलवार सुस्ता गाउँपालिका वडा नं. २ हरकपुरा स्थित भित्री सडकखण्डमा पश्चिमबाट पुर्व तर्फ जादै गरेको लु १८ प ८६०५ नम्बरको स्कुटर र बिपरित दिशाबाट आउदै गरेको युपी ५६ एन ७२३५ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटरसाईकल चालक ( भारत) जिल्ला महराजगंज आनन्दनगर फरेन्दा बस्ने अन्दाजी १९ वर्षिय अरबिन्द चमारको उपचारको क्रममा शहिद स्मृति सामुदायिक अस्पताल चौपत्तामा मृत्यु भएको हो ।
अरबिन्दले चलाएकाे मोटरसाईकलमा सवार अन्दाजी ३५ वर्षिया कलावती चमार र १९ वर्षिय रामकरण चमार घाईते भएका छन। घाईतेकाे सामुदायिक अस्पताल चौपत्तामा उपचार भईरहेको छ ।
त्यस्तै, स्कुटर चालक बर्दघाट नगरपालिका वडा नं. १५ बस्ने अन्दाजी १८ वर्षिय अमृत सुनारको खुट्टा फ्याक्चर तथा कम्मरमा चोट लागेकाे र स्कुटरमा पछाडी सवार अन्दाजी १७ वर्षिय निर्मल तमाङको टाउको र दाहिने खुट्टामा चोट लाग्दा गम्भिर घाईते भएका हुन ।  निज दुबै जनालाई शहिद स्मृति सामुदायिक अस्पताल चैापत्तामा प्राथमिक उपचार पश्चात थप उपचारको लागी मेडिकल कलेज भैरहवा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
मोटरसाईकल र स्कुटर प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme