वर्षा हुने या सुक्खा ? जनचांसाेकाे विषय

20
file pic

काठमाण्डाैं, ८ असोज ।

माैसममा भइरहेकाे उतारचढावका कारण मानविय घटना क्रममा प्रभाव पारिरहेकाे हुन्छ । जसले माैसमबारेकाे जानकारी पाउनु जनचासाेंकाे विषय बनेकाे छ । यात्रामा जानु परेकाे छ वा खेतीबालीमा काम गर्नु परेकाे छ, हरेक समय मानिसले माैसमी प्रभाव बारे जान्न चाहन्छ ।

मनसुनकाे न्यून चापीय रेखा औसत स्थान भन्दा थोरै दक्षिणतिर रहेका जल तथा मौसम विज्ञान विभाग तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  हाल देशमा भारतको पश्चिम राजस्थान आसपासमा रहेको तथा छत्तिसगढ आसपासमा अवस्थित न्युन चापीय क्षेत्रहरुको आंशिक प्रभाव रहेको छ।

हाल देशभर आंशिक देखि सामान्य बदली रहेको महाशाखाले जारी गरेको बुलेटिनमा छ ।  

आगामी तीन दिनको मौसम पूर्वानुमान

२०७८ आश्विन ८ गते (शुक्रबार)
दिउँसोदेशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन ९ गते (शनिबार)
दिउँसोदेशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ आश्विन १० गते (आईतबार)
दिउँसोदेशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
रातीदेशभर आंशिक  देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशभर सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा सम्भावना रहेकोले उक्त स्थानहरुका पहाडी  भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम सँगै नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाको अनुरोध छ।