11.5 C
New York
Monday, April 27, 2026

Buy now

spot_img
spot_img

करेन्ट लागेर मृत्यु

- Advertisement -

करेन्ट लागेर मृत्यु

काठमाडौं, ४ असोज

ढलान फुटाउने मेसिनबाट करेन्ट लागेर तथा ट्रकलाई विद्युतको तार लौरोले पन्छाउँदै अघि बढाउँने क्रममा आइतबार दिउँसो करेन्ट लागेर अलग अलग स्थानमा २ जनाकाे ज्यान गएकाे छ ।

काठमाडौं, बुढानीलकण्ठ नगरपालिका-३ रुद्रेश्वरमा ढल खन्ने क्रममा करेन्ट लागेर सोही नगरपालिका-४ पासिकोट बस्ने नुवाकोट घर भएका ४० वर्षीय प्रबिन तामाङको आइतबार साँझ मृत्यु भएको छ । ढलान फुटाउने मेसिनबाट करेन्ट लागि गम्भीर घाईते भएका उनको करुणा अस्पताल चुनिखेलमा उपचारको क्रममा मृत्यु भएको हो ।

धनुषा, कमला नगरपालिका-३ मालपट्टीस्थित सडकमा धानको भुस राखी ल्याउँदै गरेको बा.३ ख ९६९८ नम्बरको ट्रकलाई विद्युतको तार लौरोले पन्छाउँदै अघि बढाउँने क्रममा आइतबार दिउँसो करेन्ट लागेर महोत्तरी सोनवा गाउँपालिका-५ खैरवनी बस्ने ३० वर्षीय शत्रुधन यादवको मृत्यु भएको छ । करेन्ट लागेर अशक्त भएका उनको उपचारको लागि जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । प्रहरी चौकी माचीबाट खटीएको प्रहरीले ट्रक चालकलाई नियन्त्रणमा लिएको छ  ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme