काठमाडौं, ३१ भदौ
बझाङ, दुर्गाथली गाउँपालिका-५ भलाने बस्ने ८० वर्षीया रिखि जप्रेलको उनकै बारीमा खाल्डोमा पुरेको अवस्थामा बिहीबार बिहान शव फेला परेको छ । आफ्नै छोराको घरबाट १ सय मिटर टाढा छुट्टै घरमा बस्दै आएकी रिखि गत आइतबार बिहानदेखि घरमा फेला नपरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बझाङ र ईलाका प्रहरी कार्यालय दुर्गाथलिबाट खटिएको प्रहरीले खोजी गर्नेक्रममा उक्त बारीमा पुरिएको अवस्थामा उनको शव फेला परेको हो । घटनामा शंकास्पद १ जनालाई अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-७ अँधेरी डेरा गरी बस्ने सोही ठाउँस्थित हाम्रो सेवा कम्प्युटर सेन्टरमा काम गर्ने काठमाडौं महानगरपालिका-७ घर भएका ४७ वर्षीय निराकर रिमाल आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




