करेन्ट लागेर मृत्यु

42

महोत्तरी, २८ भदौ

गौशाला नगरपालिका-१० बटौवा बस्ने राम अबतार यादवकी छोरी १७ वर्षीया सुन्दर कुमारी यादवको करेन्ट लागेर आइतबार दिउँसो मृत्यु भएको छ । उनका मामा सोनमा गाउँपालिका-१ सोनमा गाँउ बस्ने संजित राय यादवको घरमा घर सफा गर्ने क्रममा मिटरको तारबाट करेन्ट लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।