नवलपरासी, ३ श्रावण । नवलपरासीको दक्षिणीवर्ती क्षेत्रकाे पाल्हीनन्दन गाउँपालिकामा चक्कुको प्रहारले माेटरसाईकल सवार वृद्ध गम्भीर घाईते भएका छन् ।
घाईते हुनेमा पाल्हीनन्दन गाउँपालिका ३ पर्सीयाका ६५ बर्षिय सुब्बा अन्सारी रहेको प्रहरीले जनाएको छ । गम्भीर घाईते अंसारीको जिल्ला पृथ्वीचन्द्र अस्पतालमा उपचार भैरहेको छ ।

बुधबार साँझ साढे ६ बजे सुगौली क्षेत्रमा रहेको आफनै बारीमा घाँस काटन गएको बेला दुई जना युवकले चक्कु प्रहार गरि घाईते बनाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
अन्सारी अाफुले काटेकाे घाँस माेटरसाईकलमा राखेर हिड्न खाेज्दा नजिकै पुगेका एक युवकले बाईककाे हेण्डिल नियन्त्रणमा लिएकाे तथा अर्का एक युवकले चक्कु प्रहार गरेकाे घाईते अन्सारीले बताए ।
चक्कु प्रहार गर्ने पाल्हीनन्दन गाउँपालिका ३ कै कुश्मा घर भएका २० बर्षिय नेसार पवरिया र १९ बर्षिय कृष्ण बहेलियालाई प्रहरीले पक्राउ गरि थप अनुसन्धान थालेको जनाएको छ ।
पक्राउ परेका यि दुबै युवा लागु औषध प्रयोगकर्ता रहेको तथा भारतको ठुठीबारीबाट लागु औषध खरिद बिक्री कार्य गर्दै आएको स्थानियले बताएका छन् तर पीडित पक्षले यि युवाहरु बृद्ध अंसारीको ज्यान लिन कुनै अज्ञात समुहद्धारा परिचालन गरेकाे हुन सक्ने अाशंका व्यक्त गरेका छन् ।





