गुलरियामामा दुर्गा मुर्तीको उद्वघाटन

46

राजन कुमार बानिया, पर्सा ।

विजयादशमीको अवसरमा धोबिनी गाँउपालिका वडा नं ३ गुलरिया गाउँमा आयोजना गरिएको महारानी दुर्गा माताको पँडाल र मुर्तीको पटी खोलेर उद्वघाटन एक कार्यक्रमका बिच प्रमुख अतिथि युवा नेता सुरेश पटेलले गरेका छन।

नेकपाका युवा नेता पटेलले रिबन काटी उदघाटन गर्नुको साथै मुर्तीको पटी खोलेर उद्वघाटन गरेका थिए । फुललपातीका दिनमा दुर्गाको डोलीलाई बाजागाजाका साथै गाउँ परिक्रमा गरी निर्माण गरिएको पण्डालमा पुगी उदघाटन कार्यक्रम संचालन गरिएका थिए। नव दुर्गा पूजा समितिकाका पुर्व प्रनी ललन कुर्मीले जनाएका छन।

त्यसतै लंगडी चौकमा भईरहेको दुर्गा पुजामा बाजागाँजाका साथ निकालिएको मातारानीको डोली पुरै लंगडी, बखरी गाउँ परिक्रममा गरि दुर्गा पुजा स्थलमा मुर्तीको पटी खोलेर उद्वघाटन गरिएको थियो । दुर्गा महारानीको मुर्तीको उदघाटन गाउँका युवा राजेन्द्र साह कानुले पटि हटाएर उद्वघाटन गर्नुभएको थियो।

उद्वघाटन कार्यक्रममा दुर्गा पुजाको अचार्य सोनु पाण्डेले मन्त्र उचारण गरि पुजा गराउनु भएको थियो । उद्वघाटन कार्यक्रममा लंगडी दुर्गा पुजा समितिका अध्यक्ष बिरेन्द्र साह, कमरुल मियाँ, लालबाबु पटेल, संजय पटेल, हरेन्द्र साह, लगायत महिला, पुरुष भक्तजनहरुको सहभागिता रहेको थियो।