कपिलवस्तु । सनसाईन सामाजिक बिकास संस्था बुद्धभुमि १० चेतरादेई द्धारा संचालित (CYCC) परियोजनको दोस्रो चरणको कार्यक्रमको परियोजना निर्माण कार्यशाला गोष्ठि आज देखि तौलिहवामा शुरु भएको छ ।
सनशाईन सामाजिक विकास संस्था र यूनाईटेड मिसन टू नेपालको साझेदारीमा मायादेवी गाउँपालिकामा संचालित परिवर्तनका लागि बालबालिका, यूवा र समुदाय परियोजना (CYCC) को दोस्रो चरणको कार्यक्रमकाको लागि उक्त कार्यशाला शुरु भएको हो ।
तौलिहवामा स्थित गौतमबुद्व होटलमा शुरु भएको कार्यशालामा कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष शिवलाल यादवले गर्नुभएको थियो भने मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्विन मुसलमान प्रमुख अतिथिमा रहेको थियो । कार्यशाला बाट मायादेबी गाउँपालिकाको शिक्षा ,स्वास्थ्य , कृषि तथा सामाजिक रुपपान्तरण क्षेत्रमा संस्थाले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्नेमा वक्ताहरुको जोड रहेको थियो ।
कार्यक्रमको परियोजना निर्माण कार्यशाला गोष्ठि मायादेवी गाउँपालिका भित्र स्वास्थ्य, शिक्षा, जीविकोपार्जनको क्षेत्रमा सुधार ल्याउनु पर्छ भन्ने बिषयमा छलफल केन्द्रीत रहने र नयाँ परियोजना निर्माण गर्ने कुरा सनशाईन सामाजिका विकास संस्थाका कार्यकारी निर्देशक कृष्ण कुमार श्रेष्ठले बताउनु भएको छ । कार्यक्रम २०७९ भदौ २१ गते देखि २०७९ भदौ २३ गते ३ दिनसम्म संचालन हुने बताईएको छ ।
कार्यक्रममा मायादेवी गाउँपालिकाको उपाध्यक्ष सरस्वती यादव, प्रमुख प्रशासकीय अधिकृत परमेश्वर यादव र गाउपालिकाका बिषयगत शाखा (सामाजिक विकास, स्वास्थ्य, शिक्षा, कृषि, भेटेनरी) का प्रमुखहरु, विद्यालय, मदरसा, स्वास्थ्य संस्था प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

आत्मनिर्भर महिला समूह, बाल क्लब, यूवा क्लब, बाल संरक्षण समिति समेतबाट प्रधानध्यापक, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, स्वास्थ्य ईञ्चार्ज गरि ६९ जनाको सहभागिता रहेको छ । गोष्ठिमा यूनाइटेड मिसन टू नेपालको प्रेम सिङतान, मेल्सन श्रेष्ठ, नवराज जोशि र दातृ संस्था TAI Austreliya (टी.ए.आई. अस्ट्रेलिया) का मुकुन्द अधिकारी , CYCC परियोजनामा कार्यरत सबै कर्मचारीहरुको सहभागित रहेको छ ।
कार्यक्रमको सञ्चालन कृष्ण कुमार श्रेष्ठले गर्नु भएको थियो ।





