भलिबल प्रतियोगिताकाे शुभारम्भ

9
बिज्ञापन

संजय कुशवाहा, भदौ ३०, नवलपरासी ।

नवलपरासीको प्रतापपुर गाउपालिका वार्ड न.७ गुठी सुर्यपुरामा विश्वकर्मा पुजाको उपलक्ष्यमा वडा स्तरीय भलिबल प्रतियोगिता आज सुक्रवारबाट शुरू भएको छ । विश्वकर्मा पुजा समिति गुठी सुर्यपुराको आयोजनामा आयोजित प्रतियोगितामा करिब ४३ वटा टिमकाे सहभागिता रहेकाे छ ।

Advertisement

प्रतियोगिताको उदघाटन क्षेत्र न.६ का नेपाली काग्रेस सांसद देवकरण प्रसाद कलवार ( सन्तु) ले गर्नु भएको छ।खेलको उदघाटन क्रममा सांसद कलवारले यस क्षेत्र विकास निर्माणका लागि आफू सदैव अगाडि रहने बिचार राख्नु भयो । यस क्षेत्रका अार्थिक, सामाजिक, शैक्षिक, विकासका लागि गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । यस पुरूष भलिबल प्रतियोगिता कार्यक्रममा प्रतापुर गाउपालिकाका प्रमुख राजकुमार शर्मा, उखु उत्पादक कृषक समितिका अध्यक्ष उमेश चन्द्र यादव, नेपाली काग्रेस जिल्ला महिला अध्यक्ष बिमला न्योपाने, गण्डक नियन्त्रण संघर्ष समितिका सचिव दुधनाथ गुप्ता, हरेन्द्र यादव, कादिर अलि अन्सारी, ब्यासमुनि कुशवाहा लगायतको अतिथ्यतामा कार्यक्रम हरेन्द्र कुमार चौधरीले संचालन गर्नुभयो ।

आयोजकले दिएको जानकारी अनुसार यस भलिबल प्रतियोगितामा प्रथम टिमलाई १० हजार नगद सहित प्रमाणपत्र, द्वितियलाई ६ हजार नगद सहित प्रमाणपत्र र तृतीय ल्याउने टिमलाई ४ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिने छ ।