महायज्ञको पूर्व सन्ध्यामा मोटरसाइकल र्याली

8

कावासोती, १२ माघ ।

जनता माध्यमिक विद्यालय कावासोतीमा माघ २३ देखि फागुन २ गतेसम्म सञ्चालन हुने श्रीमद्भागवत धनधान्याचल ज्ञान महायज्ञको पूर्वसन्ध्यामा सनिवार मोटरसाइकल र्याली निकालिएको छ ।

Advertisement

प्राविधिक शिक्षा सञ्चालनार्थ कावासोती नगरपालिका वडा नं. ६ विष्णुनगरमा रहेकाे जनता माध्यमिक विद्यालयद्वारा महायज्ञलाई सफल बनाउन प्रचार–प्रसारत्मक र्याली निकालिएको हो ।

विद्यालयबाट निस्किएको मोटरसाइकल र्याली कोइलापानी, हात्तीखोर, रिठ्ठेपानी, नयाँगाउँ, बेलचोक हुदै घलेचोक, अठ्ठाइस बिगाह, थकालीचोक, डण्डा, त्रिभुवनटार, मागरकोट, पिठौली, लोकाह, प्रगतिनगर, दलदले, धारापानी हुदै बिशालटार पुगेको थियो ।

विशालटारबाट प्रगतिनगर फर्किएको र्याली कावासोती फलफुलचोक हुदै विद्यालय प्राङ्गणमा पुगेको थियो । विद्यालय प्रङ्गणबाट हुप्सेकोट गाउँपालिकाको शंखदेव सम्म पुगेर पुनः विद्यालय प्राङ्गणमा आएर सम्पन्न भएको थियो ।

र्यालीमा विद्यालय क्षेत्र आसपासका युवा तथा समाजसेवीहरुको उल्लेखनिय सहभागिता रहेको थियो । ¥यालीमा दुई सय भन्दा बढी मोटरसाइकलमा करिव ४ सय जनाको सहभागिता रहेको आयोजकले जनाएको छ । म्हायज्ञलाई लक्षित गरि पछिल्लो समय यसको तयारी समेत तिव्र पारिएको छ ।

वि.सं. २०११ सालमा स्थापना भइ वि.सं. २०४६ साल देखि माध्यमिक तह र वि.सं.२०६७ सालमा उच्च मावि कक्षा सञ्चालन भएको विधालयमा समयानुकुल प्राविधिक शिक्षा प्रदान गर्नका लागि धनधान्याचलन महायज्ञ सञ्चालन गर्न लागिएको यज्ञ मूल समारोह समितिका संयोजक हुमलाल सुवेदीले जानकारी दिनु भयो ।

माध्यमिक तह सम्म अध्यापन हुने विद्यालयमा हाल अंग्रेजी र नेपाली माध्यममा कक्षाहरु सञ्चालन हुदै आएको छ । विद्यालयमा कावासोती नगरपालिका सहित हुप्सेकोट गाउँपालिकाका विद्यार्थीहरु अध्यायन गर्दै आएका छन् । हाल विद्यालयमा ६ सय ६४ जना विधार्थी अध्ययनरत रहेको विधालयका प्रधानाध्यापक घनश्याम भुसालले जानकारी दिनु भयो ।

धान्याञ्चलमा प्रखर युवा वाचक श्रीचैतन्यकृष्णज्यूको प्रमुख वाचकत्वमा दैनिक धार्मिक कार्यहरु सञ्चाल हुने जनाइएको छ । यहि माघ २३ गते कलश यात्रा सहित उद्घाट हुने धनधान्याञ्चलको तयारी समेत भइ रहेको छ । यज्ञ स्थल निर्माण देखि पत्राचारको कार्य भइरहेको मुल समारोह समितिका सहसयोजक शिवप्रसाद भट्टराइले जानकारी दिनुभयो ।

Advertisement