काठमाडौँ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया–प्यासिफिक क्षेत्रीय फाइनलको निर्णायक खेलमा आज नेपाल घरेलु टिम ओमानविरुद्ध मैदानमा उत्रिँदैछ। नेपाली समयअनुसार राति ८ः४५ बजे सुरु हुने यो खेल जित्दै नेपालले तेस्रोपटक विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको छ।
सुपर–६ मा लगातार दुई जित निकालेको नेपाल ६ अंकसहित अंकतालिकाको दोस्रो स्थानमा छ भने समान अंकका साथ ओमान रनरेटका आधारमा शीर्ष स्थानमा छ। आजको खेलमा जित निकाले नेपालले आगामी वर्ष भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि स्थान सुनिश्चित गर्नेछ।
नेपालले यसअघि युएईलाई एक रन र कतारलाई पाँच रनले पराजित गरेको थियो। ओमानले पनि उत्कृष्ट प्रदर्शन गर्दै सुपर–६ मा स्थान पाएको छ। यद्यपि, ओमानको घरेलु मैदानमा खेले पनि रेकर्ड नेपालकै पक्षमा छ—अघिल्ला चार भिडन्तमध्ये तीनमा नेपाल विजयी भएको छ।
नेपालले यसअघि सन् २०१४ मा बंगलादेश र सन् २०२४ मा अमेरिका–वेस्ट इन्डिजमा आयोजित टी–२० विश्वकपमा प्रतिस्पर्धा गरेको थियो। अहिलेको टिम विश्वकपमा लगातार दोस्रो सहभागिता दिलाउने लक्ष्यमा छ। ओमानपछि नेपालले शुक्रबार सामोआसँग अन्तिम खेल खेल्नेछ।
विश्वकप छनोटमा आज नेपाल र ओमानबीच निर्णायक भिडन्त