13.6 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

दाउन्नेमा सडक अवरूद्धः निर्माण ढिलाइ र वर्षाले यात्रु हैरान

- Advertisement -

बृजराज कुशवाहा, नवलपरासी

बुटवल–नारायणगढ सडकखण्ड अन्तर्गत नवलपरासी (पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित घिउखोला क्षेत्र (दाउन्नेदेवी पहाड एरिया) मा सडक निर्माणको क्रममा भइरहेको ढलान कार्य अवरुद्ध हुँदा यात्रु तथा चालकहरू गम्भीर सास्तीमा परेका छन्।

विश्वकर्मा मन्दिर नजिक लगातारको वर्षाका कारण सडक सतह अत्यन्तै चिप्लो बनेपछि उकालो खण्डमा सवारी साधन चढ्न नसक्ने अवस्था सिर्जना भएको हो। करिब २०० भन्दा बढी सवारी साधन लामो समय जाममा फसेका छन् । घण्टौँसम्म सडकमै अड्किनुपर्दा यात्रुहरू हैरान बनेका छन्।

ठेक्का प्राप्त गरेको चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेशन (CSCEC) ले निर्माण कार्य गरे तापनि, अपेक्षित प्रगति हुन नसक्दा यात्रुहरूले घण्टौंसम्म जाममा बस्नुपर्ने, पहिरोको जोखिम बेहोर्नुपर्ने र जीवन नै जोखिममा पार्नुपर्ने अवस्था सिर्जना भएको हाे।

उकालोमा रोकिएका गाडी, जोखिममा यात्रा

स्थानीय चालकका अनुसार ढलान अधुरो अवस्थामा वर्षा परेपछि सडक झनै जोखिमपूर्ण बनेको छ। भारी सवारी मात्र होइन, साना सवारी साधनसमेत उकालोमा फिस्लिएर रोकिन थालेका छन्। “ढलान गरिन्छ, तर पानी पर्दा कुनै वैकल्पिक व्यवस्था हुँदैन,” एक चालकले गुनासो गरे।

निर्माण कम्पनीमाथि प्रश्न

उक्त सडक खण्डको निर्माण चिनियाँ कम्पनीले ठेक्का लिएर काम गरिरहेको भए पनि अपेक्षित गतिमा काम हुन सकेको छैन। पटक–पटक म्याद थप हुँदासमेत निर्माणले तीव्रता नपाउँदा आम यात्रुले यसको प्रत्यक्ष असर भोग्नुपरेको छ।

सडक विस्तार राष्ट्रिय गौरवको आयोजना भए पनि मौसम व्यवस्थापन, अस्थायी यातायात व्यवस्थापन र निर्माण समन्वय कमजोर देखिएको स्थानीयको आरोप छ। वर्षायाममा ढलान कार्य गर्दा आवश्यक सावधानी नअपनाउँदा समस्या झनै जटिल बनेको विश्लेषण गरिन्छ।

सम्बन्धित निकायको आग्रह मात्र पर्याप्त ?

सम्बन्धित निकायले यात्रु तथा चालकलाई “सडकको अवस्था बुझेर मात्र यात्रा गर्न” आग्रह गरे पनि व्यवहारमा त्यो पर्याप्त देखिँदैन। यो सडक दैनिक हजारौँ सवारी साधन आवतजावत गर्ने मुख्य राजमार्ग हो, जहाँ वैकल्पिक मार्ग सीमित छन्।

समाधान कहिले ?

विशेषज्ञहरूका अनुसार वर्षायाममा:

  • ढलान कार्यलाई चरणबद्ध बनाउने
  • अस्थायी ग्राभेल वा ट्र्याक खोल्ने
  • ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने
  • निर्माण कम्पनीमाथि कडाइका साथ अनुगमन गर्ने

जस्ता उपाय तत्काल आवश्यक छन्।

नत्र, विकासको नाममा भइरहेको निर्माण नै यात्रुका लागि दैनिक पीडा र जोखिम बन्ने खतरा बढ्दै जानेछ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme