13.6 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

यौन पेशालाई मानव अधिकारको दृष्टिकोणबाट हेर्नुपर्नेमा जोड

- Advertisement -

बर्दघाट, ५ माघ २०८२ ।
यौन पेशालाई लिएर विभिन्न कोणबाट बहस भइरहेको छ। कतिपयले यस पेशालाई नियन्त्रण तथा बन्देज गर्नुपर्ने धारणा राखिरहेका छन् भने अर्काे पक्षले यौन श्रमिकहरूको अधिकारलाई मानव अधिकारको दृष्टिकोणबाट सुनिश्चित गर्नुपर्ने माग गरिरहेका छन् ।
यौन पेशामा संलग्न यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका व्यक्तिहरूको अधिकारका लागि क्रियाशील अधिकारकर्मीहरूले स्वेच्छाले गरिने यौन श्रम पनि श्रमकै एक रूप भएको बताउँदै यौन श्रमिकलाई सुरक्षित, स्थिर र सम्मानजनक जीवनयापन गर्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन्। उनीहरूले यौनकर्मीलाई अपराधीकरण नभई निरपराधीकरण गरिनुपर्ने तर्कसमेत प्रस्तुत गरेका छन्।
यसै सन्दर्भमा पश्चिम नवलपरासीमा WFA को आर्थिक सहयोगमा नारी आवाज बर्दघाट तथा स्वासा नेपालको संयुक्त आयोजनामा नवलपरासी जिल्लाका सरोकारवालाबीच यौन पेशासम्बन्धी अन्तरक्रिया कार्यक्रम सोमबार बर्दघाट नगरपालिका–२, चिसापानीमा सम्पन्न भएको छ।
कार्यक्रम नारी आवाज बर्दघाटकी अध्यक्ष दुर्गा तिमिल्सिनाको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य माननीय विश्वप्रेम पाठकको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि पाठकले समाजमा कसैलाई अपमान नहुने गरी यौन पेशालाई समावेशी नीति निर्माणमार्फत व्यवस्थापन गर्न गम्भीर छलफल र बहस आवश्यक रहेको बताउनुभयो। उहाँले करिब १ हजार ५ सय यौनकर्मीमध्ये करिब ५–६ सय जनाले ‘लुम्बिनी प्लस’ मार्फत एचआईभीको औषधि उपचार गरिरहेको जानकारी दिँदै समयमै नीति, नियम निर्माण नगरे र स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित नगरे संक्रमणजन्य रोग समाजमा तीव्र रूपमा फैलिन सक्ने बताउनुभयो।
उहाँले यस विषयमा स्थानीय, प्रदेश तथा केन्द्र सरकारसहित सबै सरोकारवाला गम्भीर बन्नुपर्ने धारणा व्यक्त गर्नुभयो। साथै यौन पेशामा लाग्नु बाध्यता, बेरोजगारी, गरिबी वा स्वेच्छिक कारणले पनि हुन सक्ने उल्लेख गर्नुभयो।
अन्तरक्रिया कार्यक्रमको सहजीकरण गर्दै शान्ति तिवारीले यौन श्रमिकलाई निरपराधीकरण र कानुनी मान्यता दिनुपर्ने आवश्यकता औंल्याउनुभयो। सहमतिमा वयस्क व्यक्तिहरूले रोजेको श्रमलाई पूर्ण रूपमा मान्यता दिनुपर्ने उहाँको भनाइ थियो।
यौन श्रमलाई श्रमको रूपमा स्वीकार नगर्दा हिंसा बढ्ने र त्यसको रोकथामका लागि सरकारको स्पष्ट नीति तथा सम्बोधन आवश्यक रहेको उहाँले बताउनुभयो। स्थानीय, प्रदेश र केन्द्र सरकारसँग हिंसा न्यूनीकरणका लागि ठोस पहल गर्नुपर्ने मागसमेत उहाँले गर्नुभयो।
कार्यक्रममा बर्दघाट नगरपालिकाका उपप्रमुख रुद्र प्रकाश उपाध्याय, कार्यपालिका सदस्य गोविन्द विक, अधिवक्ता सरस्वती शर्मा, प्रहरी निरीक्षक ब्रिक बहादुर बुढा, महिला तथा बालबालिका शाखा प्रमुख अप्सरा सुवेदी, जनस्वास्थ्य शाखाका कृष्णहरि पौडेल, लुम्बिनी प्लसकी रिता पौडेल, ओसिएमसीकी प्रतिनिधि रञ्जिता चौधरी, ART का प्रतिनिधि बिनिता खड्का लगायतले आ–आफ्ना धारणा राख्नुभएको थियो।
कार्यक्रममा विभिन्न सरोकारवाला निकाय, यौन श्रमिक तथा संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रमको स्वागत मन्तव्य संस्थाकी सचिव फूलमाया खनालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सल्लाहकार गणेश वि.क. ले गर्नुभएको थियो। जिल्लामा हाल ८ सय ८६ जना यौनकर्मी रहेको साे अवसरमा जानकारी दिइएको थियो ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme