विनाेद चाैधरी स्थानीयवासीकाे घरघरमा

59

नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य एवम् पश्चिम् नवलपरासी क्षेत्र नम्बर १ का उमेदवार बिनोद चौधरी यतिबेला पार्टीले आयोजना गर्ने राजनीतिक कार्यक्रममा भन्दा स्थानीयवासीकाे गाुनासाे सुन्नमा व्यस्त भएका छ्न। स्थानियको समस्या र बिकास निर्माणको चुनौतिका बारेमा उनी छलफल सुन्नमा समय व्यतित गरेका छन ।

शनिबार नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ ले आयोजना गरेको कार्यक्रम मा चौधरीले यहाका किसान, मजदुर र स्थानीय बासिको समस्या र गुनासो सुन्न प्रत्यक्ष रुपमा स्थानियको घरदैलोमा आएको उनले बताए। यहाको डुबान, भारतिय सुरक्षा बल बाट हुने सास्तीका बारेमा पहल गरिदिन स्थानियले चौधरी समक्ष आग्रह गरेका छन।

राज्यबाट बर्षौसम्म पनि उपेक्षाको महसुस गरेका यस क्षेत्रका जनताले चौधरीको उपस्तिथिलाई अर्थपूर्ण रुपमा लिएको बताईएको छ।हामिलाई एउटा बिकासको खाका कोर्न सक्ने सफल ब्यवसायिलाई पाएका छौ अबको बिकास उहाकै हातमा छ बर्षौ सम्म अरु नेतालाई हेरियो अब यसपटक उहालाई हेर्छौ पक्कै पनि यहाको बिकास हुन्छ भन्नेमा आफू आशाबादी रहेको सुस्ता ५ पक्लिहवाका राजकुमार पासिले बताए।

चौधरी सफल ब्यवसायी भएकाले राजनीतिमा समेत सफल हुनुपर्छ त्यसैले यस क्षेत्रको बिकास नगरी उहालाई सुखै छैन क्षमताको प्रयोग गर्न पनि यो पटक जिताउनै पर्ने छ सुस्ताकै रिङकु कुमार गुप्ताले भने । यस क्षेत्रको समस्याका बारेमा चौधरीले विभिन्न निकाय सग छलफल गरिरहेको नेपाली काङ्ग्रेसका जिल्ला सदस्य एवम् प्रतापपुर गाउपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए।कार्यक्रममा हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टीका केन्द्रिय सदस्य करम हुसेन पार्टी परित्याग गरि नेपाली काङ्ग्रेस प्रवेस गरेका छन ।