8.1 C
New York
Monday, April 20, 2026

Buy now

spot_img
spot_img

कम्पनीले क्षतिपूर्तिबापत १६ लाख दिएपछि पीडितले बुझे शवः प्रहरी प्रमुख डीएसपी पाण्डे

- Advertisement -

काठमाण्डाै – दार्चुलामा सडक निर्माणका क्रममा उछिट्टिएको ढुङ्गा लागेर ज्यान गुमाएका पवन महराको परिवारलाई भारतीय निर्माण कम्पनीले १६ लाख रुपैयाँ क्षतिपूर्ति वापतको रकम प्रदान गरेपछि स्थिती समान्य बनेको छ ।

धार्चुलाको एसडीएम कार्यालयमा नेपाली प्रतिनिधिसमेतको उपस्थितिमा आज आइतवार भएको छलफलपछि भएको सहमतिअनुसार तावाघाट–लिपुलेक सडक निर्माण गरिरहेको गर्ग एन्ड गर्ग कम्पनीले पीडित परिवारलाई क्षतिपूर्तिबापत १० लाख भारतीय रुपैयाँ अर्थात् नेपाली १६ लाख रुपैयाँ उपलब्ध गराएपछि स्थिती समान्य अवस्थामा फर्केकाे दार्चुलाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले अनलाइनजनतासितकाे फाेन सम्पर्कमा जानकारी दिनुभयो ।

यो घटनामा भारतीय कम्पनीले क्षतिपूर्ति दिएपछि मृतकका आफन्तले जिल्ला अस्पताल दार्चुलाबाट बालकको शव बुझेर धर्म परम्परा अनुसार अाइतवार शदगत् गरेकाे प्रहरी नायब उपरीक्षक (डीएसपी) पाण्डेले बताएका छन् ।

गर्ग कम्पनीले सडक निर्माणका क्रममा जिलेटिन विस्फोट गर्दा खसेको ढुङ्गा लागेर बालकको ज्यान गएको थियो । बालककी दिदी १४ वर्षकी सरिना महरा समान्य घाइते भएकी छिन् । उनकाे खुट्टा तिघ्रामा समान्य चाेट लागेकाे थियाे । समान्य उपचारपछि सुक्रवार नै सरिना डिस्चार्ज भइ घर फर्केकी छिन । यसैबीच आउँदा दिनमा जिलेटिन विस्फोट गराउँदा दुवै पक्षलाइ पूर्वजानकारी दिनुपर्ने सहमति पनि भएको छ ।

धारचुला–लिपुलेक–कैलाश मानसरोवर सडक खण्डअन्तर्गत नज्याङ–लखनपुर भीरमा भारतीय पक्षले बम विस्फोट गराउँदा बतासिएर वारि तम्बाकुमा आइपुगेको ढुंगा लागेर शुक्रबार बिहान महराको घटनास्थलमै मृत्यु भएको थियो । उनीहरू बुबा हिक्मतसिंहसँगै व्यासकै थी गाउँबाट महाकालीको किनारैकिनार व्यास गाउँपालिका–२, दुम्लिङस्थित घर फर्कंदै थिए ।

सडक चाैडा गर्ने तथा पीच गर्ने काम गरिरहेकाे सडक निर्माण कम्पनीले विस्फाेट गराउनु अघि सचेत गराउनका लागि सिटि बजाउने गरेकाे छ । दाृचुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) पाण्डेले सडक निर्माण कम्पनीले सिटि बजाएकाे हाे, तर पहाडकाे पारीपट्टी नसुनिएकाे हुनसक्छ, जसले बगरैबगर घर फर्किदै गरेका महरालाइ उछिट्टिएको ढुङ्गा लागेकाे हाे ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme