11.7 C
New York
Saturday, April 18, 2026

Buy now

spot_img
spot_img

रामग्राममा कृषि क्रान्ति ; ५० प्रतिशत अनुदानमा कृषि स्पेअर मेसिन वितरण

- Advertisement -

 

रंजीत शर्मा

नवलपरासी२९ पुष ।

पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको सहयोग मा ५० प्रतिशत अनुदानमा कृषि स्पेअर मेसिन कृषकहरुलाई वितरण गरिएको छ ।

रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र कुमार गुप्ताको प्रमुख आतिथ्यता तथा रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेको विशिष्ट अतिथिमा नगरपालिकाका वडा न.१ देखि १८ का गरि १०७ जना किसानहरुलाई ५० प्रतिशत अनुदानमा उक्त कृषि यन्त्रहरु वितरण गरिएको हो । कृषकहरुलाई कृषि यन्त्र वितरण कार्यक्रममा प्रमुख अतिथि एवं रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्र गुप्ताले ति कृषकहरुलाई कृषि यन्त्रहरु वितरण गर्नु भयो ।

रामग्राम नगरपालिकाकाले कृषिमा आधुनिकरण गर्न र कृषकहरुलाई व्यवसायिक बनाउन नगर भित्रका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कृषि उपकरण वितरण गरेको छ । एक अनौपचरिक कार्यक्रमबिच ति कृषक र समुहहरुलाई नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले कृषि उपकरण वितरण गर्दै यसको भरपुर उपयोग गरि उत्पादनमा बृद्धि गर्न कृषकहरुलाई आग्रह गर्नु भयो ।

कार्यक्रमका प्रमुख अतिथि गुप्ताले यो यन्त्रहरु पाएका किसानले यसलाई घरमै नथन्काई यसको भरपुर लाभ लिई व्यवसायिक कृषि खेती गर्ने र बढि बढिभन्दा बढि उत्पादन गरि आय आर्जनलाई मजबुद बनाउन सुझाव दिनु भएको थिए ।

spot_img
spot_img

संबन्धित

spot_img
spot_img
spot_img

ताजा समाचार

- Advertisement -Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme
- Advertisement -Newspaper WordPress Theme