राजपुर नगरपालिकाका प्रमुख डा.राजिक आलम द्वारा विद्यालय भवनको शिलान्यास

30

चन्दन कुमार, रौतहट । जिल्लाको राजपुर नगरपालिकाको नवनिर्वाचित नगर प्रमुख डा.राजिक आलमले आज एक कार्यक्रमको बिच बिधयालय भवनको शिलान्यास गर्नु भएको छ | निर्वाचनको समयमा जनताहरुसंग गरेको प्रतिबद्धता अनुसार अहि निर्माण कार्य लगायत विभिन्न कार्यहरु जनताहरुको निर्देशन अनुसार गरिरहेको प्रमुख आलमले बताएका छन।

आफ्नो नगरपालिकाको बालबालिकाहरुको शिक्षामा सहजै पहुचका साथ शिक्षाको गुणस्तर बढाउन नगर प्रमुख आलमले श्री माध्यमिक बिधयालय बैरियाको भवनको शिलान्यास गर्नु भएको छ। आज बुधबार शिलान्यास गरिएको विद्यालय भवन झन्डै दुई करोडको लागतमा निर्माण हुन लागेको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बैजु ठाकुरले बताएका छन |