जयपृथ्बी नगरपालिकाकाे माध्यमिक तह वक्तत्वकला प्रतियोगिता सम्पन्न

70

रमेश बहादुर सिह, बझाङ । बझाङको जयपृथ्बी नगरपालीका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा माध्यमिक तहको नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । कार्यक्रम प्रमुख अथिति नगर प्रमुख चेतराज वजाल रहेका थिए भने विशिष्ट अथितिमा शिक्षा शाखा प्रमुख निरज रेग्मी रहनु भएको थियोे ।

जयपृथ्बी नगरपालिका को सभाहलमा सुरु भएको माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगितमा सम्पन्न भएको हो । प्रतियोगिताको शिर्षक बाल विबाह नियुकरणमा शिक्षाको भुमिका भने बिषयमा ९वटा माध्यमिक बिधालयको उपस्थिति रहेको थियोे ।

वालविवाह भनेको कानुनी रुपमा उमेर नपुगेर गरिने विवाह लाई बाल विवाह भनिन्छ भने बिषयमा बिधार्थीले आपनो गहकिला तर्क दिएका छन। देशको नै समस्याको रुपमा रहेको वालविवाहलाई न्युनिकरण गर्ने सरकाले ठुलो भुमिका खेल्नु पर्ने उनिहरुको भनाइ रहेको थियो । वालविवाह वन्द गर्ने वालक्लब बाल शन्जाल जस्ता क्लव गठन गर्नु पर्छ।विभिन्न बिधालय बाट आएका मा बि तहका बिधार्थीले शिक्षा अभावले सबैभन्दा ठुलो रुपमा वालविवाह भएको बिभन तथ्यांकले देखाए उनिहरुले बताएका छन।

सत्यवादी माध्यमिक विधालकी बिधार्थी जयन्ती जोशीले वालविवाह अशिक्षित समाजमा सबैभन्दा वढि हुने गरेको उहाँको भनाइ रहेको थियोे ।त्यतै वालविकास मा बि का मनोज प्रसाद उपाध्यले पनि गरिव र अशिक्षा को कारण ले सबैभन्दा धेरै हुने भएको बताए । कापि कलम समाउने हातमा वालविवाह भन्यो भने हसिया र लाम्लो समात्नु पर्न उहाँको तर्क रहेको छ।

नगरपालिकाले अब आउदो आर्थिक बर्षमा पनि यस्ता बिभिन्न कार्यक्रम गरेर वालविवाह छुवाछूत जस्ता कुरिथिलाई समाजबाट हटाउन ठुलो भुमिका खेल्नुपर्ने बताएका छन उक्त कार्यक्रम मा प्रथम सुनिपिपलचौर मा बि दितृिय पनि सुनिपिपलचौर मा बि र तृतीय वालबिकास मा बि गोलाई भएको छ। उक्त कार्यक्रम सन्चालन दिपेन्द्र प्रसाद जोशिले गरेका थिए।