करेन्ट लागी मानिस मृत्यु:-
बाँके १२ भाद्र, कोहलपुर नगरपालिका वडा नं. ९ झण्डहवा बस्ने वर्ष ३७ को कमराज थारुको करेन्ट लागी मृत्यु भएको छ । मिति २०७९।५।११ गते १९:०० बजे सोही घर भएका गोपाल थारुको घरमा करेन्ट नआए पछि मर्मत गर्न भन्दै कमराज थारु सिडी लगाई बिद्युत पोलमा चढेकोमा करेन्ट लाग्दा पोलबाट भुईमा खसी घाइते भएका थिए । घाईते थारुको उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
पानीमा डुबी मानिस मृत्युः-
बर्दिया १२ भाद्र, बासगढी नगरपालिका वडा नं. ६ सतरिया बस्ने वर्ष ६५ की मानसी थारुको नालामा डुबी मृत्यु भएको छ । मिति २०७९।०५।११ गते १०:०० बजे घरबाट बाहिर गएकोमा १७:२० बजे घर नजिकै रहेको सतरिया नालामा डुबी मृत अवस्थामा फेला परेकी थिइन । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
खोलाले बगाई मानिस बेपत्ता:-
रुपन्देही १२ भाद्र, बुटवल उपमहानगरपालिका वडा नं. ११ मझुवा बस्ने वर्ष ७० को रुद्र पङ्गेनी क्षेत्रीलाई शतगडी खोलाले बगाउदा बेपत्ता भएकी छिन्। मिति २०७९।०५।११ गते १९:०० बजे भैसी चराई फर्कने क्रममा बुटवल उपमहानगरपालिका वडा १२ स्थितमा रहेको शतगडी खोला तर्ने क्रममा अचानक चिप्लिएर लड्न गई खोलाले बगाएको थियो । खोलाले बगाई बेपत्ता भएकी क्षेत्रीको खोजी कार्य जारी रहेको छ ।
भरुवा बन्दुक सहित मानिस नियन्त्रणमा :-
दाङ १२ भाद्र, गढवा नगरपालिका वडा नं. ७ ज्वती सामुदायिक बनबाट राम बहादुर चौधरीलाई भरुवा बन्दुक, बारुद, केप, फलामको गोली र छर्रा सहित पक्राउ गरिएको छ । मिति २०७९।०५।११ गते १८:४० बजे ज्वती सामुदायिक बनमा शिकार खेल्न गएको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गढवाबाट प्र.नि. रन्जु के.सी. को कमाण्डमा ७ जनाको टोली खटि गएको थियो । प्रहरी टोलीले जिल्ला दाङ, राजपुर गाँउपालिका वडा नं. १ कठबेरुवा बस्ने बर्ष ४२ को राम बहादुर चौधरीबाट लोड गरेको भरुवा बन्दुक थान १ (एक नाले), बारुद १०० ग्राम, केप थान ४ , फलामको गोलि १९ वटा र फलामको छर्रा १२६ वटा बरामद गरेको छ । बरामद भएको भरुवा बन्दुक लगायतका सामान सहित निज राम बहादुर चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।





