नेपाली कांग्रेसकाे महिला कार्यकर्ता भेला नवलपरासीको बर्दघाटमा

49
बिज्ञापन

श्याम थापा, बर्दघाट ३ मंसिर ।
नेपाल महिला संघ जिल्ला कार्यसमिति नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न १ को आयोजनामा महिला कार्यकर्ताहरुको भेला बर्दघाट नगरपालिकाको दाउन्ने पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

Advertisement

नेपाल महिला संघ बर्दघाट नगर सभापती ज्ञानु लामाको अध्यक्षयतामा,नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र न १ का प्रतिनिधि सभाका उम्मेदवार एवम् पुर्व सांसद देवकरण प्रसाद कलवारको प्रमुख अतिथ्यतामा र निर्वाचन क्षेत्र न १ प्रदेश सभा क का उम्मेदवार एवम् पुर्व सांसद बिक्रम खनालको बिशेषअतिथ्यतामा भएको भेला कार्यक्रममा नेता बिक्रम खनालले एमाले पार्टीका नेताहरूले चुनावको मुखमा आएर सुकुम्बासीहरुलाई लालपुर्जा दिन्छौ भन्दै झुठो कागजातहरु भराउने कार्यहरू गरिरहेको त्यसता झुठाहरुसंग होसियार रहन आग्रह गर्नु भयो ।

साथै नेता खनालले सुकुम्बासीहरुको समस्या समाधानका लागि आफू सांसद हुदा पहल गरेको र त्यस बखत ने क पा एमालेको भुमीसुधार मन्त्रीले कार्य हुन नदिएको उहाँले आरोप लगाउनु भयो । त्यस्तै अर्का नेता देवकरण प्रसाद कलवारले यो देशमा महिलाहरुको अधिकार स्थापित गराएको पार्टी नेपाली काङ्ग्रेस नै रहेको बताउनु भयो । साथै नेता कलवारले नेपाली काङ्ग्रेस पार्टीले जे बोल्छ त्यो गर्छ भन्दै आफू सांसद हुदा बखत नवलपरासी जिल्लाको क्षेत्र न ६ का जनताहरुलाई बिकास के हो भनेर अन्भुत गराएको र त्यस क्षेत्रमा बिकासको लहर ल्याएको उहाँले दाबी गर्नु भयो ।

भेला कार्यक्रममा ने क पा एमाले पार्टीबाट परित्याग गरि १ सय जनाले नेपाली काङ्ग्रेसमा पार्टीमा प्रवेश गरेको आयोजकले जनाएको छ । करिब २ हजार जनाको सहभागितामा भएको सो भेला कार्यक्रममा नेपाली काङ्ग्रेस पार्टीका युवा नेता उमेश चन्द्र यादव, नेपाली काङ्ग्रेसका नेता अनिल गौड, राष्ट्रिय लोक तथा दोहरी गायक राधिका हमाल र बिसमिल्ला अन्सारी लगायतले सभालाई सम्बोधन गर्नु भएको थियो ।