सहबान अन्सारी
नवलपरासी, २८ पुष
नवलपरासीमा नेपाली र भारतिय नक्कली नोट सहित २ जना व्यक्तीलाई प्रहरीले पक्राउ गरेको छ ।बुधवार सदरमुकाम परासी स्थित केही पसलमा नक्कली नोट सटही गरेको भन्ने सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट
खटिएको प्रहरी टोलीले नक्कली नोटको कारोवार गर्ने व्यक्तिहरुको
खोजतलास गर्दै जाँदा जिल्ला रुपन्देही लुम्बिनी साँस्कृतीक नगरपालिका वडा नं. १२ बस्ने रसिद मोहम्मद र जिल्ला कपिलवस्तु
शुद्धोदन गाँउपालिका वडा नं. २ नन्दपुर बस्ने जमाल मुसलमान लाई जिल्लाको रामग्राम नगरपालिका वडा नं. ५ बद्धचोक स्थितबाट पक्राउ
गरिएको हो ।
निजहरुको साथबाट नेपाली १ हजारको २५ थान, भारितय १
सयको ३ थान र भारतिय ५० को १७ थान नक्कली नोट बरामद गरिएको
छ ।
निज दुबैजना बिरुद्ध मुद्रासम्बन्धी (नक्कली नोट) कसुर मुद्धा दर्ता गरी सम्मानित जिल्ला अदालतबाट म्याद लिई
आवश्यक अनसुन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।















